८ असार २०८१ शनिबार
image/svg+xml
कला

गोल्डेन ग्लब्स अवार्डस्मा ओपेनहाइमरको बर्चस्व

गोल्डेन ग्लब्स अवार्डस्मा 'ओपेनहाइमर'ले बर्चस्व कायम गरेको छ। अमेरिकाको क्यालिफोर्नियामा आइतवार आयोजित ८१ औँ अवार्ड कार्यक्रम २०२४ मा ओपेनहाइमरले ५ विधामा अवार्ड जितेको छ।

ओपेनहाइमरले ‘ड्रामा’ क्याटेगोरीमा बेस्ट मोशन पिक्चरको अवार्ड जित्नुका साथै फिल्मका लागि क्रिस्टोफर नोलनलाई उत्कृष्ट निर्देशकको अवार्डले सम्मानित गरियो। त्यस्तै फिल्ममा ओपेनहाइमरको भूमिका निर्वाह गरेका सिलियन मर्फीलाई ‘ड्रामा’ मोशन पिक्चर क्याटेगोरीमा सबैभन्दा उत्कृष्ट कलाकारको अवार्ड प्रदान गरियो।

त्यस्तै लुइस स्ट्रसको भूमिका निर्वाह गर्ने रोबर्ट डाउनी जूनियरलाई मोशन पिक्चर क्याटेगोरीमा सबैभन्दा उत्कृष्ट सपोर्टिंग कलाकारको अवार्ड दिइयो भने बेस्ट ओरिजिनल स्कोरका लागि ओपेनहाइमरका लुडविग गोरानसनलाई चुनियो।

गोल्डेन अवार्डका लागि ओपेनहाइमरले ८ क्याटेगोरीमा नामाङ्कन गराएको थियो भने बार्बीले पनि ८ क्याटेगोरीमा कैटेगरी में नामाङ्कन गराएको थियो।

बार्बीले विश्वभर १.४ अर्ब डलको आम्दानी गरेको थियो। बार्बीले सिनेमेटिक र बक्स अफिस अचिभमेन्टको अवार्ड जित्यो।

बेस्ट ओरिजिनल सङ्ग क्याटेगोरीमा बिली इलिश र फिनीस ओकोनेललाई अवार्ड दिइयो। त्यस्तै टेलिभिजन क्याटेगोरीका लागि ‘सक्सेशन’ लाई सबैभन्दा बढी अर्वाड दिइयो।

प्रकाशित: २३ पुस २०८० ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App