२४ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाकाे चौथो श्रृङखला

विश्व नेपाली साहित्य महासंघ ललितपुर शाखाको चौथो श्रृङखला स्रष्टा सम्मान, सदस्यता सम्मान, परिचयपत्र वितरण र कविता वाचन प्रमुख अतिथि शिखर कवि शैलेन्द्र साकारको उपस्थितिमा भएकाे छ।

यस संस्थाले यसै महिनादेखि सञ्चालन गरेको कविता प्रतियोगिता कार्यक्रममा तीन जना  बालबालिकालाई पुरस्कृत गरेकाे छ।

हरेक महिनाको दोस्रो शनिबार हुने विश्व नेपाली साहित्य महासंघ ललितपुर जिल्ला शाखाको कविता प्रतियोगिता कार्यक्रममा सहभागी हुन चाहनेले अर्को महिनाको पहिलो हप्ताहभित्र आफ्नो रचना पठाइसक्नुपर्नेछ भनेर कार्यक्रम संचालिका सुधा  मिश्रले जानकारी गराएकी छन्।

यो महिनामा दस साहित्यकार यस संस्थाका सदस्यता लिएकामा खुशी व्यक्त गर्दै आगामी महिनामा यसको संख्या दोब्बर/तेब्बर होला भने आशा संस्थाको रहेको जानकारी संस्थाका महासचिव सुधा मिश्रले गराइन्।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको उपस्थितिमा नेपाली साहित्यप्रतिको कदरको योगदान गर्दै शिखर कवि शैलेन्द्र साकारलाई  स्रष्टा सम्मानपत्र सँगै आफ्नो संस्थाको परिचयपत्र वितरण गरेको थियो।

विश्व नेपाली साहित्य महासंघ ललितपुर जिल्ला शाखाले विश्व नेपाली साहित्य महासंघका केन्द्रीय उपाध्यक्ष तथा पर्या साहित्यकार  विजय हितानलाई स्रष्टा सम्मान गरेको छ।

विजय हितानले शाखा कान्छो भए पनि उल्लेख्य काम गरेकोमा खुशी व्यक्त गर्दै पर्या कविता वाचन गरेका थिए। यस संस्थाले साहित्यकार तथा चर्चित युवा कवि अभय श्रेष्ठलाई नेपाली साहित्यप्रतिको योगदानको कदर गर्दै स्रष्टा सम्मान प्रदान गरेको छ। उनका लहाना र तीरको दुई पुस्तक उपस्थित कविहरूमध्ये दुई जनालाई लक्की ड्र गराई उनकै हातबाट  वितरण गरिएकाे थियाे।

यस संस्थाले साहित्यकारहरू दिव्य गिरी , राजेशमान केसी र अनोज महर्जनलाई सदस्यता प्रमाणपत्र र परिचयपत्र शिखर कवि शैलेन्द्र साकार, ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंह र कार्यक्रमका सभापति बुद्धिमान महर्जनको प्रदान गरेका थिए।

यस कार्यक्रममा स्कूलका बालबालिकासँगै कविहरू शैलेन्द्र साकार,मणिराज सिंह, रेणु घिमिरे,संगीता ठाकुर,यमुना प्रधाानंग, राजेशमाज केसी, रामनाथ अधिकारी संगी, नीरा श्रेष्ठ,जुमन किरण,रुबिना राना मगर, हर्क कुँवर, विष्णु राई, सुनिता अधिकारीले आआफ्नो कविता वाचन गरेका थिए।

सम्पूर्ण कार्यक्रम यस संस्थाका महासचिव सुधा मिश्रले प्रभावकारी ढंगले संचालन गरेका छन्। उनले मैथिली भाषामा कविता वाचन गरेका छन्।

कवि तथा यस संस्थाका सल्लाहकार मणिराज सिंहले प्रथम, द्वितीय र तृतीय प्रतियोगीहरूकाे नाम सुनाएका थिए। विश्व नेपाली साहित्य महासंघका केन्द्रीय कोषाध्यक्ष केवी पौडेलले आफ्नो सान्दर्भिक मन्तव्यमा यस संस्थाका अध्यक्ष बुद्धिमान र महासचिव सुधालाई उहाँहरूको कार्यलाई सराहना गर्दै आभार व्यक्त गरेका थिए।

पवन प्रकृति बोर्डिङ स्कुललाई सम्मानपत्र प्रदान  गर्दै आफूलाई यसरी कार्यक्रम गर्न सहयोग गरिदिएकोमा संस्थाले स्कूल र  उपस्थित शिक्षकहरू प्रति कृतज्ञता व्यक्त गरेको थियो। अध्यक्ष बुद्धिमान महर्जनले कार्यक्रम समापन गरेका थिए।

प्रकाशित: १६ पुस २०८० ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App