२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

‘मेघमानव’ उपन्यासको लोकार्पण

उपन्यासकार अर्चितबाबु मर्सिफुलद्वारा लिखित ‘मेघमानव’ उपन्यासको लोकार्पण भएको छ। नेपाली लेखक संघले आयोजना गरेको कार्यक्रममा आख्यानकार डा. ध्रुवचन्द्र गौतमसहित श्रष्टाले उपन्यासको लोकार्पण गरेका हुन्।  

१२ वर्षकै उमेरमा ‘पञ्चमणि’ उपन्यास प्रकाशनमा गरेका मर्सिफुलको यो दोस्रो उपन्यास हो। उनी अहिले १८ वर्षका भए। सानो उमेरमै दोस्रो उपन्यास प्रकाशन गरेर नेपाली साहित्यमा योगदान पुर्‍याएको आख्यानकार गौतमले बताए। मेघमानव उपन्यास स्वैर्यकल्पनामा आधारित रहेको गौतमले बताए। ‘उपन्यासमा धेरै कुराहरू चाहिन्छ र एउटा नभई नहुने कुरा भनेको कल्पनाशीलता हो,’ गौतमले भने, ‘जुन कुरा मेघमानवमा प्रचुर रूपमा रहेको छ।’  

सानै उमेरमा नेपाली साहित्यमा योगदान पुर्‍याएको नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले बताए। कार्यक्रममा कवि तीर्थ श्रेष्ठले उपन्यासमा नयाँ दृष्टिकोण तथा नयाँ ढंगले सामाजिक एवम् राजनीतिक विषयवस्तुलाई उठाएको बताए। समालोचकीय मन्तव्य व्यक्त गर्दै डा. शैलुन्दुप्रकाश नेपालले अर्चितबाबुले सानै उमेरमा देशको राजनीतिक, सामाजिक एवम् ऐतिहासिक कुराहरूलाई सरल भाषामा उपन्यास मार्फत प्रस्तुत गरेर एउटा अभिलेख खडा गरेको बताए।

त्यसैगरी, अर्का समालोचक डा.अनुपमा रेग्मीले लेखकले सरल भाषा तथा मीठो शब्दको चयन गरी उपन्यासद्वारा साहित्य र राज्यलाई शक्तिशाली बनाउने प्रयास गरेको बताइन्। उपन्यासकार अर्चितबाबु मर्सिफुलले आफ्नो लेखनयात्राबारे चर्चा गर्दै दन्त्यकथा र महाभारतका कथा सुनेर आफू प्रभावित तथा प्रेरित भएको कुरा बताउँदै पहिलो उपन्यास लेखन र प्राप्त हौसलाबाट ‘मेघमानव’लेख्न सफल भएको बताए। बुवा दामु मर्सिफुल र आमा कविता उपाध्यायको कोखबाट २०६२ असोजमा जन्मिएका उनी बाल्यकालमै २ वटा प्रकाशित कृति र विभिन्न तीन वटा साहित्यक पुरस्कारबाट सम्मानित भएका छन्।

प्रकाशित: १४ पुस २०८० ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App