४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

'डिग्री माइला' मा दयाहाङको लुक्स

फिल्म 'डिग्री माइला' को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र 'डिग्री माइला' बनेका दयाहाङ राईलाई प्रस्तुत गरिएको छ।

पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा देख्न सकिन्छ। उनले चश्मासमेत लगाएका छन्। योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ।

फिल्मले 'किन चाउरिस मरिच आफ्नै रागले' भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाएको छ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङको अलवा आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ। फिल्मको केही छायांकन भने अझै बाँकी रहेको छ।

यो फिल्म आगामी नेपाली नयाँ वर्षमा रिलिज हुनेछ।

प्रकाशित: १२ पुस २०८० ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App