१२ असार २०८१ बुधबार
image/svg+xml
कला

५८ लागे बलिवुडका भाईजान

बलिवुड अभिनेता सलमान खान ५८ वर्षका भएका छन्। बलिवुडको भाईजान उपमा दिइएको सलमान खान आज आफ्नो जन्मदिन मनाउँदैछन्।

सन् १९६५ डिसेम्बर २७ मा जन्मेका सलमान खान बलिवुडका बादशाह मानिन्छन्।

बलिवुडका चर्चित लेखक शलिम खानको जेठो छोराको रुपमा जन्मेका सलमान खानले बलिवुडमा आफ्नो छुट्टै पहिचान स्थापित गराइसकेका छन्।

सलमान खानको चलिचत्र हेर्न उनका दर्शक र फ्यान आतुर हुन्छन्। 

५८ वर्षको उमेरमा पनि सलमान निकै फिट छन्। अविवाहित रहेका सलमान खानले अहिलेसम्म आफ्नो जीवनसङ्गीनि भेटाएका छैनन्।

सलमान खानको जन्मदिनको अवसरमा बलिवुड कलाकारले शुभकामना दिइरहेका छन्।

सलमान खानले हालसम्म मैने प्यार किया, हम आपके हैं कौन, दबङ्ग, रेड्डि, प्रेम रतन धन पायो, वीवी नम्बर वान, बडिगार्ड, एक था टाइगर, किक जस्ता हिट चलचित्र दिएका छन्।

प्रकाशित: ११ पुस २०८० ०३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App