२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

पत्रकार ढुङ्गेलको सम्पादकत्वमा ‘दन्किँदो भूटान’ बजारमा

पत्रकार विनोद ढुङ्गेलको सम्पादकत्वमा दन्किँदो भूटानको नामक पुस्तकको नयाँ संस्करण बजारमा आएको छ। यो देवीभक्त लामीटारेको भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो पुस्तक हो।

पाँच दशक देखि प्रतिबन्धित उक्त पुस्तकलाई ढुङ्गेलको सम्पादकत्वमा बिहीबार देखि बजारमा ल्याइएको हो। सन् १९७० पहिलो संस्करण प्रकाशित उक्त पुस्तकको यो चौथो संस्करण हो।

भूटान नाम कसरी रहन गयो देखि त्यहाँ भएका आर्थिक, सामाजिक, राजनीतिक आन्दोलन र परिवर्तनका विषयमा पुस्तकमा उल्लेख छ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिकामा नेपाली पठाएको आरोपमा राज्य सञ्चालनका उच्च अधिकारीहरू प्रहरी हिरासतमा रहेका बेला उक्त पुस्तकले भूटानका विषयमा जान्न र बुझ्न चाहनेका लागि पुस्तक निकै सहयोगी बन्नेछ।

भूटानको प्रजातान्त्रिक आन्दोलनको प्रस्थान बिन्दुका रूपमा उक्त पुस्तक रहेको बताउँदै सम्पादक ढुङ्गेलले भूटानका विषयमा जान्न रुचि राख्नेहरूका लागि पुस्तक सहयोगी बन्ने बताए। कार्यक्रममा सहभागीहरूले पुस्तकमा समेटिएका विभिन्न पक्षहरूका विषयमा चर्चा गरेका थिए।

प्रकाशित: ५ पुस २०८० १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App