१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

शाहरूखको 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै कमायो ५ करोड

बलिउड अभिनेता शाहरूख खानको फिल्म 'डंकी' प्रदर्शनको तयारीमा छ।

प्रदर्शन मिति नजिकिएसँगै फिल्मको प्रचारप्रसार पनि तीव्र गति भइरहेको छ। फिल्मको अग्रिम टिकट बुकिङ राम्रोसँग बिक्री भइरहेको छ।

भारतीय मिडियाहरूका अनुसार फिल्म 'डंकी' ले अग्रिम टिकट बुकिङबाटै ५ करोड भन्दा बढी कमाइ गरेको छ।

समग्रमा फिल्म 'डंकी' को पहिलो दिनको लागि दुई दिनमा डेढ लाखभन्दा बढी टिकट अग्रिम बुकिङ भइसकेको जनाइएको छ।

शाहरूखको  'जवान' र 'पठान' फिल्मले राम्रो चलेपछि  'डंकी' फिल्ममा पनि दर्शकको आशा बढिरहेको छ। शाहरूखको  'जवान' र 'पठान' ले बक्स अफिसमा सबै रेकर्ड तोडेको थियो।

फिल्म 'डंकी' राजकुमार हिरानीले निर्देशन गरेका हुन्। फिल्ममा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ।

यो फिल्म २१ डिसेम्बरदेखि रिलिज हुँदैछ। 

प्रकाशित: ३ पुस २०८० ०७:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App