उमेश बेलाबेलामा फुर्काउँथ्याे, ‘ओहो कति राम्ररी काम गर्छौ है, तिमीले! गल्ती औंल्याउने ठाउँ कहीं छैन। सधैं यसरी नै काम गर्नु। म तिमीलाई चाँडै नै थाई गर्दिन्छु।’
हरि मक्ख पर्दै भन्थ्यो,‘भैहाल्छ नि सर, आखिर म पनि त सानैदेखि दुःख पाएर हुर्केको मान्छे हुँ। इमानदारीमा कुनै कमी राख्ने छैन।’
केही समयपछि विदेशबाट उमेशको छोरा फर्कियो, काम गर्न दुःख भएर। अल्छी जहाँ गए पनि बेरोजगार। नेपालमा पनि उसले कहीं काम पाएन।
त्यसपछि भने उमेशले हरिका गल्तीहरू देख्न थाल्यो।
-राजेश भट्टराई
प्रकाशित: २ पुस २०८० ०७:०१ सोमबार