६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

पल शाहलाई फिल्मको ओइरो

अभिनेता पल शाहले एकपछि अर्को फिल्म साइन गरिरहेका छन्। शाहले भर्खरै मात्र ‘मायाका रंगहरु’ मा साइन गरेका छन्।

यो फिल्ममा केवल तामाङको निर्माण एवं निर्देशन हुने जनाइएको छ।

केही समय अघि मात्र शाहले ‘मायावी’को छायाङ्कन सकेका छन्। दिवाकर भट्टराईको निर्देशनमा बनेको  ‘मायावी’ मा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डङ्गोल, राजाराम पौडेल, अंशु महर्जन र रमा प्रसाईंले अभिनय गरेका छन्।

त्यस्तै शाह दिनेश राउतको सोसल-ड्रामा  ‘पूजार सार्की’ मा पनि अनुबन्धित भएका छन्। ‘पूजार सार्की’मा पलसँगै आर्यन सिग्देल र प्रदीप खड्का यसअघि नै अनुबन्धित छन्। फिल्ममा पल शीर्ष भूमिकामा देखिँदै छन्।

शाहले डेढ वर्षपछि  ‘मायावी’ बाट फिल्म क्षेत्रमा कमब्याक गरेका छन्। त्यसपछि भने उनले लगातार फिल्महरू साइन गरिरहेका छन्।   

प्रकाशित: २६ मंसिर २०८० ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App