२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

ब्रेकअपको चर्चाबीच फेरि एकसाथ काम गर्दै सारा र कार्तिक

बलिउड अभिनेत्री सारा अली खान र कार्तिक आर्यन प्रेमसम्बन्धको कारण चर्चामा आइरहन्छन्।

ब्रेकअपकै चर्चाबीच उनीहरु फेरि एकसाथ पर्दामा देखिने भएका छन्। सारा र आर्यनले फेरि एउटै फिल्ममा काम गर्ने भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरू 'भूल भुलैया ३' मा सँगै काम गर्ने भएका हुन्। यो फिल्म २०२४ मा प्रदर्शन हुँदै छ।

सन् २०२० मा उनीहरू 'लभ आजकल' मा पहिलो पटक एकसाथ देखिएका थिए। त्यस बेला उनीहरूको प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो। पछि भने उनीहरूको ब्रेकअप भएको थियो।

कार्तिक, कियारा आडवाणी र तब्बु स्टार फिल्म ‘भूल भुलैया २’ ले राम्रो सफलता हासिल गरेपछि निर्देशक अनीस बज्मी र निर्माता भूषण कुमारले  'भूल भुलैया ३' मा काम गरिरहेका छन्। 

प्रकाशित: २४ मंसिर २०८० १४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App