२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘नेपाली साहित्याकाशमा हेमचन्द्र पोखरेल’काे परिचर्चा

सल्लेरी साहित्य सङ्गम, धनकुटाले साहित्यकार धीरकुमार श्रेष्ठकाे ‘नेपाली साहित्यकाशमा हेमचन्द्र पोखरेल’ कृतिकाे परिचर्चा गरेकाे छ।

सल्लेरी साहित्य सङ्गम, धनकुटाका अध्यक्ष रमेशचन्द्र अधिकारीको सभाध्यक्षता, धीरकुमार श्रेष्ठको प्रमुख आतिथ्य, भारती गौतमका विशेष आतिथ्य र प्रा. यज्ञप्रसाद गुरागाईंको आतिथ्यमा सम्पन्न कार्यक्रममा प्राध्यापक गुरागाईंले धीरकुमार श्रेष्ठबाट लेखिएको नेपाली साहित्यकाशमा ‘हेमचन्द्र पोखरेल’पुस्तकको विस्तृत रूपमा चर्चा प्रस्तुत गरे।

उनले भने, ‘धनकुटाका साहित्यिक हस्तीका रूपमा उदाएका र यहाँको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका हेमचन्द्र पोखरेलका विषयमा पुस्तक लेखिनु आफैमा गौरवपूर्ण विषय हो। उहाँ दिवङ्गत भएको लामो समय भए पनि पुस्तकले उहाँलाई पुनः जीवित गरेको र सदा काल जीवित राखिरहने छ।’

उनले पुस्तकले प्रस्तुत गरेका खण्डखण्डको केस्राकेस्रा केलाएर विश्लेषण प्रस्तुत गरेका थिए।

कार्यक्रममा धरानका लक्ष्मीकृष्ण राजभण्डारीले धनकुटामा सुस्ताउँदै गएको साहित्यिक वातावरणमा जागरण आउनुपर्ने विषयमा प्रकाश पार्दै हेमचन्द्र पोखरेलका विषयमा पनि चर्चा गरेका थिए।

कार्यक्रमका विशेष अतिथि भारती गौतमले आफ्ना पिताबारे पुस्तक लेखेरे धीरकुमार श्रेष्ठले नेपाली र धनकुटाको साहित्यमा योगदान पुर्‍याएको छ भन्दै प्रशंसा गरेकी थिइन्।

उनले रगतको नाता सम्बन्ध नपर्ने व्यक्तिबाट पनि यस्तो किसिमको काम हुनु र छोटो समयमा धनकुटामा पुस्तकबारे परिचर्चा हुनु सुखद संयोग रहेको बताइन्। धनकुटाले आफ्ना पिताजीका साथै अरू साहित्यिक विद्वानहरूलाई पनि बिर्सन नहुने पनि उनले बताइन्।

प्रमुख अतिथि श्रेष्ठले समय वैश्विक युगमा प्रवेश गरिसकेकाले अबको समयमा सबैको साहित्य विश्वका सबैको साझा भएकाले यिनको जगेर्ना हुनुपर्ने बताए। उनले आफ्नो प्रयत्नलाई सबैले मन पराइदिएकामा हार्दिक आभार र धन्यवाद व्यक्त गरेका थिए।

परिचर्चा कार्यक्रममा घनश्याम बराल, राजकुमारी चेमजोङ, वसन्त पोखरेल, रामबहादुर श्रेष्ठ, नरेन्द्र राई, लक्ष्मीकृष्ण श्रेष्ठ, कल्याण श्रेष्ठ, मानबहादुर भण्डारी, रमेश अमात्य, जनार्दन घिमिरे, कोकिला भण्डारी, भवानी श्रेष्ठ अमात्य, अञ्जु प्रधान, पार्वती अमात्य, सन्तवीर लामा, ईश्वर थापा, दीपक पोखरेल, रेणु पौड्याल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ मंसिर २०८० ०७:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App