११ असार २०८१ मंगलबार
image/svg+xml
कला

टेलर स्विफ्टलाई ‘पर्सन अफ द ईयर २०२३’ को उपाधि

अमेरिकी गायक टेलर स्विफ्ट सन् २०२३ को ‘पर्सन अफ द ईयर २०२३’ घोषित भएकी छिन्। टाइम पत्रिकाले स्विफ्टलाई ‘पर्सन अफ द ईयर २०२३’ घोषणा गरेको हो।

टेलर स्विफ्ट पछिल्लो समय एराज भ्रमणमा छिन्। उनको यो भ्रमणले हालसम्मकै सबै रेकर्डलाई तोडेको बीबीसीले जनाएको छ।

टाइमले १९२७ देखि यो उपाधि दिँदै आएको छ। प्रत्येक वर्ष कुनै प्रमुख घटना वा व्यक्तिलाई यो उपाधि दिने गरिएको छ। जसले वर्षभरिमा सबैभन्दा बढी प्रभाव पारेको हुन्छ।  

यसअघि अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामा, यूक्रेनका राष्ट्रपति भोलोदिमीर जÞेलेन्स्की जस्ता व्यक्तित्वलाई पनि यो उपाधि दिइसकिएको छ।

प्रकाशित: २१ मंसिर २०८० ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App