१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

एनिमल बन्यो रणवीरको सबैभन्दा हिट फिल्म

रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' ले बक्स अफिसमा तहल्का मचाइरहेको छ।

फिल्म 'एनिमल' ले तेस्रो दिनसम्म आइपुग्दा बक्स अफिसमा २०२ करोड भन्दा बढी कमाइ गरेको छ। ६३ करोड ८० लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो ६७ करोड २७ लाख भारू र तेस्रो दिनमा ७२ करोड ५० लाख कमाइ गरेको छ।

फिल्म एनिमल अभिनेता रणवीर कपूरको सबैभन्दा हिट फिल्म बनेको छ। रणवीरले आफ्नो १६ वर्षको करियरमा जम्मा २० फिल्म गरेका छन्। जसमध्ये ११ फिल्म फ्लप भएका छन भने ९ फिल्म हिट भएका छन्।

रणवीर कपूर, रश्मिका मन्दना, अनिल कपुर मुख्य भूमिकामा देखाइएको बलिउड चलचित्र एनिमलमा बबी देओल पहिलो पटक भिलेनको भूमिका उत्रिएका छन्। यस बाहेक शक्ति कपुर, तृप्ति डमिरी, सुरेश ओबराय, प्रेम चोपडा, उपेन्द्र लिमय चलचित्रका पात्रको रूपमा रहेका छन्।

अनिल रणवीरको बुवाको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएकी छन्। धनाढ्य बुवा अनिल कपुरको माया प्राप्तिका लागि रणवीर कपुर पूरा फिल्मभर तड्पिरहेका हुन्छन्। बुवा अनिल कपुरमाथि ज्यान लिने हमलापछि त रणवीर पूर्ण रूपमा पागल नै हुन्छन्। बुवाको हत्या प्रयास गर्नेलाई समाप्त गर्ने कसम नै खान्छन्। यो काम उनी गर्न सक्छन् कि सक्दैनन्। चलचित्रको मुख्य कथा यही नै रहेको छ।  

प्रकाशित: १८ मंसिर २०८० १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App