१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

अरिजितको काँधमा नेपालको राष्ट्रिय झन्डा

बलिउडका चर्चित गायक अरिजित सिंहले शनिवार काठमाडौँमा नेपाली दर्शकसँग चार घण्टा बिताएका छन्।

चाबहिलस्थित हायात रिजेन्सीको ग्राउन्डमा सिंहले शनिवार बेलुका चार घण्टा लामो प्रस्तुति दिएका छन्।

उनले कार्यक्रमको सुरुवात  ‘आशिकी’ फिल्मको ‘तुम हि हो’ गीतबाट गरेका थिए। त्यसपछि ‘केसरिया तेरा मेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार जुठा थो ता’, ‘केहेत हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘चलेया’ लगायतका गीतबाट दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

सिंहले गीत गाउँदा दर्शकहरूले उनलाई नेपालको झन्डा दिएका थिए। उनले नेपालको राष्ट्रिय झन्डा काँधमा राखेर केही प्रस्तुति समेत दिएका थिए।

कार्यक्रममा गीत सङ्गीतका प्रस्तुतिका अलवा दर्शकलाई उनले अटोग्राफ पनि दिए।

अरिजित भारतमा पार्श्व गायकमा रुचाइएका कलाकार हुन्। ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत उनका थुप्रै गीत चर्चित छन्।

प्रकाशित: १० मंसिर २०८० ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App