१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कवि प्रेमप्रसाद भट्टराईका ‘अरब’ लोकार्पण

साहित्यिक पत्रकार संघले कवि प्रेमप्रसाद भट्टराईको कृति ‘अरब’ गीतिकाव्यको लोकार्पण गरेकाे छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसीले ‘अरब’ गीतिकाव्यको लोकार्पण गरेका थिए।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा ‘अरब’ गीतिकाव्यका सर्जक कवि प्रेमप्रसाद भट्टराईलाई सम्मान पनि गरिएको थियो। कवि भट्टराई साहित्यिक पत्रकार संघका आजीवन सदस्य एवं अनेसास कतारका पूर्व अध्यक्ष पनि हुन्।

कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसी, अध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, वरिष्ठ कवि प्रल्हाद पोखरेल, अभिनेता नवल खड्का, साझा प्रकाशनका लवप्रसाद भण्डारी लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा वरिष्ठ कवि प्रल्हाद पोखरेल र समालोचक डा. शान्ति गिरीले लोकार्पित कृति ‘अरब’ कृतिबारे बाेलेका थिए।

कार्यक्रममा अनेसास केन्द्रीय समितिकी उपाध्यक्ष डा. रेणु थापा सोलु र चर्चित संगीतकार नरहरि प्रेमीले लोकार्पित कृतिका गीत गाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्राडा सुरेन्द्र केसी, अतिथिहरू प्रल्हाद पोखरेल, डा. शान्तिमाया गिरी, नायक नवल खड्का, लवप्रसाद भण्डारी, पत्रकार होम कार्की र श्रीबाबु कार्कीलाई मायाको चिनो प्रदान गरिएको थियो।

निबन्धकार श्रीबाबु कार्कीले सञ्चालन गरेको कार्यक्रममा कलाकार कृपा भट्टराईले नृत्य प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा प्राज्ञ सत्यकला राई, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण्यकुमारी पाठक, शारदा मासिकका सम्पादक विमल भौकाजी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, पूर्व अध्यक्ष पवन आलोक, प्राडा गोविन्दमान सिंह कार्की लगायतकाे उपस्थिति रहेको थियो।

त्यस्तै साहित्यकारहरू-गीता कार्की, अश्विनी कोइराला, मुरारि सिग्देल, निशा केसी, सुशीला देउजा, डी. जी. शर्मा (युएई), कला भट्टराई, रूप रसाइली (नवोदित वाचनालयका निवर्तमान अध्यक्ष), भानुप्रकाश जोशी, द्वारिका ढुङ्गेल, उषा केसी, डा.यादेवी ढकाल, मणिराज सिंह, नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष इन्द्रमणि नेपाल, पत्रकार दिपक पुडासैनी, महेश्वर नेपाल, मनिला वन्त, अगिव बनेपाली, ममता कार्की, सविता ढकाल, सानुराजा अन्जान, राजेश ढुंगाना लगायतको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: ७ मंसिर २०८० ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App