coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

औपचारिकता

लघुकथा

‘अस्मितालाई कत्रो ठूलो बज्रपात पर्‍यो?’ उसको श्रीमानको मृत्युप्रति साइँली दिदीले सहानुभूति बाँड्दै भनिन्।

अस्मिता रोई मात्र रही। केही बोलिन। सुझाव दिंदै उनले पुनः थपी, ‘यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस्। तीनतीन जना छोराछोरी कसरी पाल्छे? बरु नानी, तँ जागिर गर्। पढेलेखेको के काम?’

गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई। साइँली दिदीको  सुझाव मान्दै उसले जागिरका लागि आवश्यक कागजपत्रसहित निवेदन हाली।

उसको नागरिकतामा श्रीमानको थर ‘लम्साल’  थियो तर उसको प्रमाणपत्रहरूमा माइतीको थर ‘पौडेल’ थियो।

यसै विषयमा कर्मचारी  र उसको ठूलै विवाद पर्‍यो। अस्मिताले विवाह दर्ताको प्रमाणपत्र  पेश गरी र कर्मचारीको मुखमा बुझो लगाई।

लिखित र मौखिक परीक्षामा राम्रो अंक ल्याएर पास गरी। अन्तर्वार्ता राम्रो भयो। ऊ ढुक्क भई तर नतीजा आउँदा उसको नाम फेला परेन।

ऊ आक्रोशित भई।

गाउँपालिका पुगेर हाकिमसँग ठाडै सोधी, ‘मेरोभन्दा कम  अंक आएको मानिसलाई किन नियुक्ति गरियो? आखिर किन?’

हाकिमले सहजै भने, ‘उहाँ त ठूलै नेताको भानिज पर्नु हुँदो रहेछ।’

-भूमिका गैरे, तिमिल्सिना

प्रकाशित: ४ मंसिर २०८० ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App