‘हामी सबैको लगानी छ। हामी सबै गम्भीर हुनुपर्छ। कसरी हुन्छ छिटोभन्दा छिटो लगानी उठाउने हिसाबबाट लाग्नुपर्यो।’ बोर्ड बैठकमा अध्यक्षज्यूले भन्नुभयो।
‘अब सधैं बाहिर बिजनेस दिनुपरेको अन्य इक्युप्मेनटमा लगानी बढाउनुपर्यो।’ एकजना सदस्यको धारणा थियो।
सबैले सही थापे। अर्को बैठकमा बैकसँग ऋण कसरी लिने भन्नेबारे विस्तृत छलफल गरेरअगाडि बढ्ने निर्णय भयो।
अन्य सामान्य छलफलपछि बोर्ड बैठक सकियो। सदस्यहरू बाहिर निस्के। आफ्आफ्नो क्याबिनमा गए। डा. रविनले पनि आफ्नो कोट निकालेर सेतो कोट लगाए। बिरामीहरू पालो कुर्दै रहेछ्न्।
उनले बिरामीको मान्छेलाई भने,‘उहाँको समस्या जटिल छ , दुईचार दिन आइसियुमा भर्ना गर्नुपर्छ होला।’
प्रत्येक क्याबिनबाट आइसियूमा बिरामी जान थाले। लामो तीन वर्षदेखि अस्पतालमा काम गरेकी रिताले आफ्नो साथीलाई भनिन्, ‘बोर्ड बैठकपछि आइसियू र सिसियू भरिन्छ। ल अब सबै बेडमा बेड कभर ब्लांकेट ठिक पारिहालौं त।’
प्रकाशित: २४ कार्तिक २०८० ०५:५५ शुक्रबार



-600x400.jpg)

