२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कथाकार कुसुमको पार्श्वधून पाठकमाझ

अमेरिकाको टेक्सास बस्दै आएका स्रष्टा कृष्ण कुसुमको पहिलो कथासङ्ग्रह पार्श्वधून को पाठक माझ आएको छ। साहित्यकारहरू नयनराज पाण्डे, कुमारी लामा, अभय श्रेष्ठ, मोहराज शर्मा लेखकका पिता तथा लेखक कृष्ण कुसुमले संयुक्त रूपमा पार्श्वधून लाई सार्वजनिक गर्दै पाठकमाझ ल्याएका हुन्।

कार्यक्रमको शुरूमा पुस्तकका प्रकाशकको तर्फबाट पुष्पराज पाैडेलले स्वागत गर्दै अमेरिका बसाइँ र नेपाल जन्म सन्दर्भ जोडेर पुस्तक आएको बताएका थिए।

सञ्चारकर्मी समेत रहेका सुभाषचन्द्र पाेखेरेलले लेखकलाई शुभकामना दिंदै पुस्तकका कथाहरूको संक्षिप्त समीक्षा समेत गरेका थिए। कार्यक्रम सञ्चालन गर्दै  महेश कार्की क्षितिजले कथाहरू नेपाली माटोको सुगन्धमा उनिएका सुन्दर माला भएको टिप्पणी गरेका थिए।

शनिवार सार्वनजनिक भएको  कथासङ्ग्रहका विषयमा साहित्यकार नयनराज पाण्डे, कुमारी लामा, अभय श्रेष्ठ र कथाकार कृष्ण कुसुमले  विविध पक्षमा साहित्यिक अन्तक्रिया गरेका थिए। कार्यक्रमको सहजीकरण मोहराज शर्माले गरेका थिए। कार्यक्रमको अन्तमा कथाकार कृष्ण कुसुमले उपस्थित सबैलाई धन्यवाद दिनुका साथै डायस्पोरा साहित्यलाई माया गर्ने नेपाली पाठकहरूको रूचिलाई सम्मान व्यक्त गरेका थिए।

प्रकाशित: १९ कार्तिक २०८० ०५:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App