२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

कवि अनु शाहको ‘अनुराग’ लोकार्पित

मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रालिले अनु शाहको ‘अनुराग’ कवितासंग्रहको लोकार्पण गरेको छ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रमुख अतिथि ओली, माननीयहरू - कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष साहित्यकार राधेश्याम लेकाली लगायतले  संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

कृतिको लोकापर्णपछि सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले लोकापिर्त  कृतिका केही कविता पढेको र सुन्दर लागेको बताए।

यसैगरी कार्यक्रममा प्रकाशक सूर्य चन्द, पत्रकार ऋषि धमला, कलाकार कृष्ण मल्ल, पत्रकार पुरुषोत्तम दाहाल, साहित्यकार प्रकाश सायमी, लोकार्पित कृतिकी लेखिका अनु शाह लगायतले मन्तव्य राखेका थिए।

अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कृतिकार अनु शाहले एउटा कविता वाचन गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्। मिलाप पत्रिकाका प्रधानसम्पादक कृष्ण भूषालले स्वागत मन्तव्य दिएको सो कार्यक्रमको सञ्चालन सरोज कोइरालाले गरेका थिए।

कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष वसन्त श्रेष्ठ, साहित्यकारहरू - खेमनाथ दाहाल, सुमन वैरागी पण्डित, अनेसास वोस्टन च्याप्टर अध्यक्ष महेश्वर पन्त, गीतकार अमर वान्तु, कलाकार तथा कृषि अभियन्ता शेखर खनाल, नेपाल सेल्फ डिफेन्सका अध्यक्ष डा.डीबी रानापाल, अनुरागका सम्पादक रमेश दाहाल, पत्रकार गीता अधिकारी, निर्देशक माधवराज खरेल, गीतकार सुमन वैरागी, व्यवसायी प्रकाश श्रेष्ठ, सौन्दर्यविद् रश्मिला श्रेष्ठ, गायक लक्ष्मण श्री, ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ,  समाजसेवाको क्षेत्रमा खट्दै आएका राजेश विसुराल, दुर्गा विसुराल, नरेश पाण्डे, निकिता पाण्डे, व्यवसायी बालकृष्ण खड्का, रेशमबहादुर थापा,सौन्दर्यकर्मीहरू रेनु रानामगर, रचना शाक्य, देवी महर्जन, फेसन डिजाइनर काजल शर्मा, कीर्तिमानी सगरमाथा आरोही पुरुषोत्तम नेपाली, भिडियो निर्देशक प्रहिल कार्की, मानवअधिकारकर्मी राजु बन्जाडे लगायत सम्मानित भएका थिए।

प्रकाशित: १७ कार्तिक २०८० ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App