२२ असार २०८१ शनिबार
image/svg+xml
कला

एकसय वर्षका ६१ जनाको कथा पुस्तकमा

बर्मामा दोश्रो विश्वयुद्ध लडेका वीर सिपाही थिए, दोलखाका एक सय एक वर्षीय शताब्दी पुरुष चन्द्रबहादुर सुनार। त्यही विश्वयुद्धमा २२ औ दिनसम्म बङ्करमा बसेर ज्यान जोगाएकी थिइन्, अर्का शताब्दी महिला मोरङका एक सय दुई वर्षीया इन्द्रमाया पौडेलले। यस्तै यस्तै ऐतिहासिक घटनाका साक्षी विशिष्ट व्यक्तिहरू जो एक सय वर्ष पार गरेर पनि जीवित छन्, उनीहरूको कथा व्यथा समेटिएको पुस्तक ‘शताब्दी व्यक्तित्व’ सार्वजनिक भएको छ।

पुस्तकमा ६१ जना यस्ता शताब्दी पुरुष महिलाका संर्घषका अनुभवहरू समेटिएका छन्। देशका विभिन्न जिल्लाका उनीहरूको जीवन संस्मरण पुस्तकमा समेटिएका छन्।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले पुस्तकको प्रकाशन गरेको हो। पुस्तक एक सय १६ पृष्ठको छ। विक्री वितरण गर्ने उद्देश्य नराखिएकोले पुस्तकमा मूल्य तोकिएको छैन। पुस्तकमा काठमाडौं, भक्तपुर, ललितपुरसहित देशका पूर्व मेचीदेखि पश्चिम महाकालीमा बसोबास गरिरहेका एक सय वर्ष पूरा गरेका शताब्दी पुरुष महिलाहरूको कथा समाविष्ट छन्।

पुस्तकको प्रकाशक संस्था राष्टिय जेष्ठ नागरिक कोषका सभापति वसन्तराज कार्कीले जेष्ठ नागरिकहरूको सम्मानमा पुस्तक प्रकाशन गरेको सुनाए। यस्तो खाले पुस्तक यो नै नेपालको पहिलो भएको उनको दावी छ। पुस्तक तयारीका लागि देशका विभिन्न जिल्लामा सङ्कलनकर्ताहरू खटाएर उनीहरूबाट आएको सङ्कलनलाई सम्पादन गरी पुस्तकको आकार दिइएको उनले सुनाए।

पुस्तकमा नेपालकै सर्व ज्येष्ठ नागरिक १२१ वर्षीय बाटुली लामिछाने लगायत आदर्श शताब्दी व्यक्तित्वहरू अष्टमाया नगरकोटी, अष्टमाया महर्जन, इन्द्रकला शर्मा, इन्द्रमाया पौडेल, कृष्णथकु ग्वाछा, केशरबहादुर थापा, केशरीमाया कार्की, खगीसरा पाण्डे, गुरुदत्त पाण्डे, गोपायुकु धिंग्री, गोपाल वैद्य, डा.गौरीशङ्करलाल दास, चन्द्रबहादुर सुनुवार, चन्द्रलक्ष्मी धौभडेल, चोककुमारी अधिकारी, जानकी डड्गौरा थारु, जुनधरा पोखरेल, जोगी राना थारु, टेकबहादुर थापा, टोपला भट्टराई, ठुली मगर, तीर्थमाया महर्जन, तुलसादेवी पराजुली, दिलकुमारी महत, देवेन्द्रबहादुर नगरकोटी, धनबहादुर थापामगर, नरबहादुर लिम्बु (चवेगु थेगिम), नैनकला न्यौपाने, पङ्खबहादुर थापा, पासाङ्कितर शेर्पा, पुनमाया कोजू, पुहानी राजवंशी, प्रेमप्रसाद निरौला, फूलिया थरुनी, विष्णुमाया बुढाथोकी, विष्णुमाया माझी, भक्तिमाया श्रेष्ठ, भीमादेवी सिग्देल, माधुराम डगौरा, मङ्गलादेवी प्रधान, मदनकुमारी अधिकारी, मनमाया तामाङ, मनमाया सुवेदी, मोतीमाया बज्राचार्य, लतंक्वारी सुलु, लक्ष्मीप्रसाद दाहाल, श्रीनारायण खनाल, शमशेरबहादुर बस्नेत, सरस्वती खतिवडा, सान्नानी अधिकारी, सानुमान शाक्य, सुकनीवती थरुनी, सुकु महर्जन, हरिलाल पञ्च, ज्ञानमाया तुलाधर, ज्ञानमान शाक्य, ज्ञानलाल श्रेष्ठ, कान्छी महर्जन र रत्नमाया मालीको जीवन गाथा संक्षिप्त रुपमा समेटिएका छन्।

प्रकाशित: १२ कार्तिक २०८० १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App