२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साथी

लघुकथा

ज्ञान, धन र विश्वास तीन जना मिल्ने  साथी  एउटै टोलमा बस्दथे। आआफ्नो भविष्य बनाउन छुटिने बेलामा उनीहरू चिन्तित भए। छुटिएपछि को कहाँ भेट्ने भनेर छलफल गर्दै थिए।

ज्ञानले भन्यो, “मलाई पुस्तक, विद्यालय, पुस्तकालय र मन्दिरमा भेट्न आउनू! उसो त म अचेल विद्युतीय माध्यमहरूमा पनि भेटिनेछु।’’

धनले भन्यो, “मलाई साहु, महाजन, धनीहरू र बैंकमा भेट्न आउनू।’’

विश्वास केही बोलेन। मुख अध्याँरो पारेर रोइ मात्र रह्यो। त्यो देखेर दुवैले सोधे, “किन, के भयो?’’

उसले आँसु पुछ्दै भन्यो, “साथीहरू!  म गएपछि त  तिमीहरूले मलाई कतै भेट्दैनौ।’

प्रकाशित: १२ कार्तिक २०८० ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App