१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

डा. कुसुमाकर शर्मा गौतमका हिउँको राप प्रकाशित

साहित्यकार डा. कुसुमाकर शर्मा गौतमको हिउँको राप लघुकथासंग्रह प्रकाशित भएको छ। उनको हिउँको राप साझा प्रकाशनले प्रकाशन गरेको हो।

हिउँको रापमा कथाकार शर्माले विविध विषयमा लेखेका लघुकथा सङगृहीत छन्। विकृतिविरुद्ध सशक्त व्यंग्य र सुन्दर प्रस्तुति उनको लघुकथाको विशेषता रहेको छ।

कथाकार २०३९ सालमा ‘हटारु’ पत्रिकामा ‘म को हूँ कविता’ प्रकाशित गरेर लेखनयात्रामा लागेका हुन्। उनी कथा, लघुकथा, कविता, निबन्ध जस्ता साहित्यको विविधमा विधामा कलम चलाउँछन्।

उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र नेपाली साहित्य समाज क्यानाडाको आजीवन सदस्य बनेर नेपाली भाषा र साहित्यको उत्थानका लागेका छन्।

उनी क्यानाडाको अल्बर्टा प्रान्तको वातावरण मन्त्रालयमा पानी प्रशोधन वैज्ञानिकको रूपमा काम गर्दै छन्। उनीसित केही समय थाइल्यान्डमा र करिब एक दशक नेपाल सरकारको खानेपानी तथा ढल निकास विभागमा काम गरेको अनुभव छ।

क्यानाडाको प्रख्यात अल्बर्टा विश्वविद्यालयबाट विद्यावारधि गरेका उनले पानीको तापक्रम न्यून हुँदा पनि ब्याक्टेरियाले आफ्नो काम गर्छन् भन्ने नयाँ कुरा आफ्नो विद्यावारिधिको अनुसन्धानमा देखाएका थिए। बढी चिसो हुने स्थानका नदीहरू जमेर बरफ हुँदा पनि नदी र जमीनको मिलन बिन्दुमा ब्याक्टेरियाले कसरी पानीमा भएको अक्सिजनको मात्रा कम गराउँछन् र त्यसको असर कसरी माछा र जलचरमा पर्छ भनेर डा. शर्माले अनुसन्धानमा देखाएको थिए। यो नयाँ खोजको उपयोगिता देखेर नै अल्बर्टा सरकारले उनलाई पानी वैज्ञानिकको रूपमा लिएको हो।

डा. शर्मा पानी प्रशोधनविज्ञको नाताले वाटर साइन्स, इनभाइरोन्मेन्टल पोलुशन साइन्स एण्ड रिसर्च जस्ता अन्तराष्ट्रिय वैज्ञानिक पत्रिका (साइन्टिफिक जर्नल) का समीक्षकको रूपमा रहेका छन्।

प्रकाशित: ८ कार्तिक २०८० ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App