२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

अधिकारीको पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’

डा. राजु अधिकारीको पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ। योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो ।

जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान विवाहलाई स्विकारिएको यस पुस्तकमा विवाहको महत्त्वलाई देखाइएको छ। यस विषयमा लेखक अधिकारी भन्छन्, ‘विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ। विवाह बिग्रनु भनेको पुरुष प्रलय र नारी महामारी बन्नुजस्तै हो। विवाह सफल हुनुको अर्थ हो, पुरुष प्रशान्त बन्नु अनि नारी मनकारी।’

लेखक अधिकारीले आध्यात्मिक–व्यावहारिक जीवनयापनका लागि सरल उपाय सुझाएर पुस्तक लेखिरहेका छन्। यो पुस्तकमा भने उनले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए।

भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञानमा विद्यावारिधि गरेका अधिकारी नेपाललगायत विभिन्न देशमा जीवनप्रदायक प्रवचन दिँदै आएका छन्। उनका यसअघि ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौं भोग पनि गरौं’, ‘यस्तो होस् जीवनशैली’, ‘आखिर रोज्ने के?’, ‘तपाईंका लागि योग’, ‘जिन्दगी रिल्याक्स प्लिज !’, ‘संस्कारी बन्ने काइदा’ लगायतका जीवनदर्शनसम्बन्धी पुस्तक प्रकाशित भइसकेका छन्। 

प्रकाशित: २७ आश्विन २०८० ०१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App