२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

संरक्षण

लघुकथा

‘यो पोखरी त हामी  ठूलासाना सबैको साझा घर हो तर आफ्नै घरमा पनि हामी सुरक्षित हुन सकेनौं।’ एउटा सानो माछाले चिन्ता व्यक्त गर्‍यो।

अर्काले सहमति जनाउँदै भन्यो, ‘बिहानबेलुका मालिकले दिएको चारो पनि उनीहरूले खाइदिन्छन्। मौका पायो कि हामीलाई नै क्वाप्लक्क पार्छन्। हाम्रो त वंश नै नाश गरिदिने भए।’

उपस्थित भएका साना माछाहरू बहस गर्दै थिए। उनीहरूले निर्णय गरे,‘अब यो पोखरीबाट अन्यत्र बसाइँ सर्नुपर्छ।’

त्यहाँमध्येको एक चलाख माछाले असहमति जनायो र भन्यो,‘पहिला आफ्नो समस्या मालिक समक्ष पेश गरौं। समाधान नभए मात्र बसाइँ सरौंला।’

सबैले यस कुरामा सहमत जनाए।

त्यही समयमा मालिक पनि पोखरीको वरिपरि घुम्दै थिए। उनीहरूका सबै कुरा सुनिसकेका मालिकले भने,‘आजबाट यस पोखरीमा ठूला माछाहरू मात्र बस्नेछन्। साना माछाहरू मेरो घरको बैठकमा भएको एक्वेरियम (मत्स्यालय) मा राख्नेछु।’

 -शान्ता भण्डारी थपलिया

प्रकाशित: २० आश्विन २०८० ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App