१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

इन्द्रजात्रा पर्व चाड!

कविता

अवनि-अम्बर ध्वजा फहराई

मिलन बिन्दु चाडपर्व रमाई

मान्छौं-खान्छौं-नाच्छौं गाई

जीवन जिउने रहर नै कमाई !

इन्द्रध्वजा फहराउन भाइभाइ

एकट्ठा भई सब जन हाँसीहाँसी

पिर व्यथा सब बिर्सी फाली

ध्वलक-भुछया बाजा बजाई

मनाइरहेछन् यँया पुन्हि नेपाली !

यँ-गगन, या-यात्रा स्वच्छ गगन

चकमन्न वातायन प्रफुल्ल जन-मन

अनुकूल स्वच्छ पर्यावरण हाम्रै

इन्द्रजात्रा स्वर्ग-धारा सम्मन

मातृ आस्था खातिर पालन

पारिजात पुष्प गर्न सङ्कलन

लोकवार्ता बनेको आख्यान !

चाडपर्व मूर्त पक्ष-सांस्कृतिक परिधान !

अमूर्त पक्ष-गोपनीय मन्त्र आहान !

प्रकाशित: २० आश्विन २०८० ०४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App