१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

चार स्रष्टालाई सम्मान गरिने

लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरबाट साहित्य र संस्कृतिको सम्वर्द्धनमा योगदान पुर्‍याउने चार स्रष्टालाई सम्मान गर्ने भएको छ। साहित्यकला मन्दिरबाट यस वर्ष प्रा. विद्यानाथ उपाध्याय भट्ट, डा. विष्णुविभु घिमिरे, लक्ष्मण नेवटिया र झुमा लिम्बू सम्मानित हुने भएका छन्।

आफ्नो ३०औं वार्षिकोत्सव अवसरमा मन्दिरले यी स्रष्टालाई सम्मान गर्ने भएको हो। ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’बाट भट्ट, ‘सरस्वती सम्मान’बाट घिमिरे र नेवटिया तथा ‘नारायणगोपाल सङ्गीत सम्मान’बाट लिम्बू सम्मानित हुन लागेका हुन्। साहित्यकला मन्दिरले यी सम्मान विगत २९ वर्षदेखि निरन्तर दिँदै आएको छ।

साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा बसेको बैठकले सम्मानित हुने स्रष्टाहरूको नाम चयन गरेको हो। 

प्रकाशित: १२ आश्विन २०८० ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App