४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

'द भ्वाइस अफ नेपाल' सिजन ५ को कोचमा उदय सोताङ र मिलन नेवार

गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल' सिजन ५ को कोच परिवर्तन गरिएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कोच परिवर्तन गरिएको जानकारी दिइएको हो।

अघिल्लो ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार देखिने भएका छन्।

अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहने छन्।

सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुँदै छ। पछिल्लो समय यो रियालिटी शो भ्वाइस अफ नेपाल दर्शकको राम्रो माया पाइरहेको छ।  

प्रकाशित: २७ भाद्र २०८० १३:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App