१२ असार २०८१ बुधबार
image/svg+xml
कला

शाहरूखको फिल्म 'जवान' ले ६ दिनमा कमायो ६ सय करोड

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले विश्वव्यापी ६ दिनमा ६ सय करोड कमाएको छ।

मिडिया रिपोर्टका अनुसार फिल्मले ५ दिनमा ५७५.८० करोड कमाएको छ भने ६ दिनमा ६ सय करोडको आँकडा छोएको छ।

फिल्म जवान गत बिहीबारदेखि प्रदर्शनमा आएको थियो। एटली कुमारले निर्देशन गरेको फिल्म जवानमा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

प्रकाशित: २७ भाद्र २०८० १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App