१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
कला

कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरियो

वरिष्ठ नेपाली हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ।

सोमबार तिलगंगा अस्पताल केन्द्रमा सन्दुक रुइत, रीता गुरुङ, गोविन्द पौड्यालसहितको चिकित्सकीय टोलीले श्रेष्ठको देब्रे आँखाको मोतीबिन्दुको शल्यक्रिया गरेको हो।

शल्यक्रियापछि मदनकृष्णको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स (मोतीबिन्दु शल्यक्रियापछि राखिने लेन्स) राखिएको छ।

उनको दाहिने आँखाको मोतीबिन्दुको शल्यक्रिया तीन महिनाअघि नै गरिएको थियो ।

प्रकाशित: २५ भाद्र २०८० १३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App