१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

फिल्म ‘एक भगवत गीता’ को नाम ‘एक भागवत र एक गीता’ राख्ने सहमति

फिल्म  ‘एक भगवत गीता’ को विवाद टुंगिएको छ। शीर्षक परिवर्तन गर्ने सहमतिसँगै ‘एक भगवत् गीता’ लाई लिएर भइरहेको विवाद टुंगिएको हो।

सहमति अनुसार अब फिल्मको नाम  ‘एक भागवत् र एक गीता (सामाजिक कथा) तय भएको छ।

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएका थिए।

धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफरिस रोकेको थियो।

फिल्म भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको छ।

प्रकाशित: २४ भाद्र २०८० ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App