६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

जवान रिलिजपछि कंगनाले भनिन्: शाहरुख सिनेमा क्षेत्रको भगवान

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' को क्रेज धेरै छ। फिल्म जवानले पहिलो दिनमै ७५ करोड कमाइ गरेको छ।

बलिउड क्वीन अर्थात् कंगना रनौत पनि जवानको क्रेजबाट टाढा रहन सकिनन्। उनले फिल्मका साथै शाहरुख खानको तारिफ गरेकी छिन्। उसो त कंगना समय सन्दर्भ अनुसार विभिन्न विषयमा आफ्नो विचार राख्ने गर्दछिन्। उनको विचारको धेरै आलोचना हुने गर्दछ।  

तर कंगनाले फिल्म जवान र शाहरुखको बारेमा भने प्रशंशा गरेकी छिन्। कंगना रनौतले फिल्म जवान रिलिजको पहिलो दिन इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गर्दैै शाहरुख खानलाई सिनेमाको भगवान भनेकी छिन्।

पोस्टमा कंगनाले जवानको सम्पूर्ण टिमलाई बधाई दिएकी छिन्। उनले शाहरुख भारतको सुपरहिरो हुनुका साथै वास्तविक जीवनमा सुपरहिरो भन्दा कम नभएको बताएकी छिन्।

शाहरुख खान सिनेमाका भगवान भएको बताउँदै कंगनाले शाहरुखको लगनशीलता, कडा परिश्रम र नम्रतालाई सलाम भनेकी छिन्।

फिल्म जवान बिहीबारदेखि प्रदर्शनमा आएको थियो। एटली कुमारले निर्देशन गरेको फिल्म जवानमा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

प्रकाशित: २२ भाद्र २०८० ०८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App