१२ असार २०८१ बुधबार
image/svg+xml
कला

‘को हो त्यो मान्छे?’ सार्वजनिक

कवि एलबी क्षेत्रीको कवितासङ्ग्रह ‘को हो त्यो मान्छे?’ सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच नेपाल प्रज्ञाप्रतिष्ठनका कुलपति भुपाल राई, साहित्यकार भुवनहरि सिग्देल, मीना लामिछाने, कवि क्षेत्री, आख्यानकार भुवन ढुङ्गाना, समालोचक महेश पौड्याल तथा साहित्यकार प्रतीक ढकालले उक्त कृतिको सामूहिक लोकार्पण गरेका हुन्।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले क्षेत्रीको कविता धरातलसँग जोडिएको र आम मान्छेको सरोकारसँग गाँसिएको बताए। एलबी क्षेत्रीको व्यक्तित्वबारे बोल्दै समालोचक अशोक थापाले कवि क्षेत्री कुशल सर्जक हुनुका साथै साहित्यिक अभियन्ता पनि भएको बताए।

समालोचक पौड्यालले कवि क्षेत्रीका कविताको पहिचान भनेको उनको सत्यको पक्षधरता र विषयको व्यापकता भएको टिप्पणी गरे। कवि भुवन ढुङ्गानाले एलबीका कविताले उनले बाँचेको समय बोलेको बताइन्। उनले लेखनाथ पौड्याल र रवीन्द्रनाथ टेगोरहरूले वकालत गरेको सत्यको प्रधानतालाई कवि क्षेत्रीले पनि अवलम्बन गरेको बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै कवि एलबी क्षेत्रीले आफू नेपालबाहिर हुर्केको तथा विविध भाषा बोल्दै आएको मान्छे भए तापनि नेपालमा कवि तथा समालोचकहरूको सत्सङले आफूमा सिर्जनाप्रतिको प्रेम बढाएको बताए।

कृतिलाई पेज टर्नरले प्रकाशनमा ल्याएको हो।

प्रकाशित: १६ भाद्र २०८० ०४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App