२ पुस २०८१ मंगलबार
image/svg+xml
कला

अभिनेता ताम्राकारको आर्यघाटमा अन्त्येष्टि

कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। 

अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो।

नेपाल चलचित्र कलाकार सङ्घको संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रममा उनको पार्थिव शरीरलाई कलाकार, आफन्त, शुभेच्छुकलगायतले श्रद्धाञ्जलि दिएका थिए। कलाकार ताम्राकारको ७४ वर्षको उमेरमा उपचारकै क्रममा शनिबार निधन भएको थियो।

कलाकार सङ्घका पूर्वकार्यवाहक अध्यक्षसमेत रहिसकेका कलाकार ताम्राकारलाई कलाकार सङ्घको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको थियो। सङ्घका अध्यक्ष मोहन निरौलाले कलाकार ताम्राकारको निधनबाट आफू मर्माहत भएको बताए।

मिर्गौलासम्बन्धी रोगले पीडित कलाकार ताम्राकारले गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि पुत्रवियोगसमेत खेपेका थिए। उनलाई अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाललगायतका कलाकर्मी आर्यघाट पुगेका थिए।

ताम्राकारले ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका थिए।

प्रकाशित: १० भाद्र २०८० १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App