४ पुस २०८१ बिहीबार
image/svg+xml
कला

वरदान कि अभिशाप?

कुनै एउटा गाउँमा एक जना धनी र चलाख पण्डित थियो। गाउँका मानिस गरिब र अज्ञानी  थिए। तिनीहरू गरिब र अज्ञानी भएकाले त्यो धनी पण्डितले तिनीहरूमाथि हैकम गरी उनीहरूलाई आफ्नो दास बनाइरहेको थियो।

एकदिन कसैले आकाशमा बसेका भगवान्लाई उजुर गरेछ-त्यस गाउँका मानिसले धेरै दुःख पाए। त्यो चलाख धूर्त पण्डितले तिनीहरूको शोषण गर्‍यो। तिनीहरूले राम्रो जीवन बाँच्न पाएनन्। तिनीहरूमाथि कृपा गरेर तिनीहरूको उपकार गर्नुपर्‍यो। होइन भने प्रभुले भन्नुपर्‍यो कि त्यो गाउँका मानिसहरू मानिस नै होइनन् भनेर या आफूलाई म भगवान् होइन भनेर स्विकार्नुपर्‍यो। नत्र भगवान् भएर यसरी चुप लागेर बस्न पाईंदैन।

यस्तो कुरा सुनेर भगवान् पनि निकै गम्भीर भए। त्यसपछि भगवान् आफ्नो भेष बदलेर जोगीको भेषमा त्यो गाउँमा आएर त्यहाँको अवस्था बुझ्न थाले। साँच्चै नै त्यस गाउँमा धेरै दुःख रहेछ। त्यसमाथि त्यो बाठो पण्डितले गाउँलेहरूको शोषण गरेको देखेर भगवान्लाई झनक्क रिस उठ्यो।

कुनै एउटा गाउँमा एक जना धनी र चलाख पण्डित थियो। गाउँका मानिस गरिब र अज्ञानी  थिए। तिनीहरू गरिब र अज्ञानी भएकाले त्यो धनी पण्डितले तिनीहरूमाथि हैकम गरी उनीहरूलाई आफ्नो दास बनाइरहेको थियो।

जोगीरूपी भगवान् पण्डितको घरको आँगनमा आएर हातका चिम्टा बजाउँदै कराए-‘अलख निरञ्जन’।

घरभित्र तमाखु खाएर बसिरहेको त्यो पण्डित बाहिर आँगनमा निस्कियो। त्यसको भव्य घर, राम्रा राम्रा पोसाक तथा आभूषणले सिँगारिएको हृष्टपुष्ट शरीर देखेर भगवान्ले मनमनै भने- ‘तँलाई बजिया! गाउँका मानिसको अज्ञानताबाट फाइदा उठाई, तिनीहरूको शोषण गरी यत्रो विशाल महलमा बसेर यस्तो विलासी जीवन बिताउने? पख्लास्, अब म तँलाई ठिक पार्छु।’ मनमनै यस्तो भने तापनि आफ्नो अनुहारमा प्रसन्नताको भाव ल्याउँदै जोगीरूपी भगवान्ले भने- ‘हे विद्वान् पण्डित! मैले तिम्रा बारेमा सबै कुरा थाहा पाएँ। तिमी धनी र ज्ञानी मान्छे रहेछौ। गाउँमा तिम्रो ठुलो धाक र सम्मान रहेछ। तिमी धेरै दानी पनि रहेछौ। त्यसैले सबैले तिम्रो गुण गाउँदा रहेछन्।’

जोगीको मुखबाट एकपछि अर्को गरी आफ्नो प्रशंसा सुनेर पण्डित दंग पर्‍यो। जोगीलाई सम्मानपूर्वक पिँढीमा बसाल्यो।

‘तर, एउटा कुरा,’ जोगीरूपी भगवान्ले आफ्नो योजना मुताबिक कुरालाई अगाडि बढाउँदै भने, ‘तिमीमा सबै गुण भए तापनि एउटा चाहीं साह्रै नराम्रो स्वभाव रहेछ नि।’

‘कस्तो नराम्रो स्वभाव?’ पण्डित झस्कियो किनकि भगवान्को कुराले उसको अहम्मा चोट पर्यो। कसलाई पो मन पर्छ र कसैले आफ्नो दुर्गुणलाई कोट्याएको? त्यसैले उसले सोध्यो, ‘के त्यस्तो नराम्रो स्वभाव छ बाबा मेरो?’

‘तिमी अरूले धन कमाएको देख्न सक्तैनौ। अरूले ज्ञान आर्जन गरेको देखेर पनि तिमीलाई डाहा लाग्दो रहेछ। तिमी कसैको केही राम्रो भएको देख्न नै नसक्ने ईर्ष्यालु स्वभावका मान्छे रहेछौ।’

भगवान्ले त्यसलाई झनै उत्तेजित पार्ने हिसाबले भने, ‘गाउँका अरू मानिसले धन कमाए, विद्या आर्जन गरेर तिम्रो बराबरीमा पुगे भने तिमीलाई औधी डाहा हुँदो रहेछ। तिमी कसैलाई पनि आफूभन्दा ठुलो भएको देख्न सक्तैनौ?’

‘म किन त्यस्तो अधर्म सोच्थें?’ उसले आफ्नो सफाइ दिँदै भने, ‘म त झन् सबैको राम्रो होस् भनेर सधैं भगवान्सित कामना गर्छु। मानिसले आफ्नो कर्मअनुसारको फल पाउने हो। कोही ठुला र कोही साना हुनु, कोही धनी र गरिब हुनु त उसको भाग्य हो। उसको पूर्व जन्मको फल हो।’  

‘तिमी साँच्ची नै अरूको उन्नति र प्रगति भएको हेर्न चाहने असल मान्छे रहेछौ र तिमीलाई कसैको राम्रो भएको देख्दा छटपटी लाग्दैन भने म तिम्रो एउटा परीक्षा लिन्छु है त?’

‘हुन्छ बाबा’ पण्डितले भन्न त भन्यो तर जोगी बाबाले के कस्तो परीक्षा लिन लागे भनेर ऊ भित्रभित्रै डरायो किनकि वास्तवमा ऊ एक नम्बरको लोभी र निर्दयी मानिस थियो। अरूभन्दा कम र तल परेर त ऊ बाँच्नै चाहँदैनथ्यो। यो कुरा भगवान्लाई पनि थाहा थियो।

अब त्यस पण्डितलाई ठिक पार्ने विचारले आफूले भिरेको झोलाबाट एउटा रुद्राक्ष निकाले र पण्डितको हातमा दिँदै भने, ‘लौ पण्डित, मैले मन्त्र फुकेको यो रुद्राक्ष समात। बिहान सूर्यदेवको उदयसँगै पूर्वतर्फ फर्केर भगवान् शिवको स्वस्ति वाचन गर्दै यो रुद्राक्षलाई भुइँमा गुडाऊ। आफूले इच्छा गरेको वस्तु तिमीले पाउने छौ। तर याद राख, एक पटकमा तिम्रो एउटा इच्छा मात्र पू्रा हुनेछ र यो अवसर तिमीले जम्मा तीनपटक मात्र पाउने छौ। त्यसपछि यो रुद्राक्षको शक्ति समाप्त हुनेछ। अनि मुख्य तिम्रो परीक्षाको कुरा त अर्कै छ। त्यो के हो भने तिमीले यो रुद्राक्ष गेडा भुइँमा गुडाएर जे वस्तु जति मात्रामा माग्नेछौ, त्यही वस्तु तिम्रा गाउँले छिमेकीहरूले नमागीकनै स्वतः दोब्बर पाउनेछन्। अर्थात् तिमीले एक माग्यौ भने गाउँलेहरूले दुई पाउनेछन्, तिमीले दश माग्यौ भने गाउँलेहरूले बीस पाउनेछन्। यही नै तिम्रो परीक्षा हो।’

जोगीरूपी भगवान्ले झोलाबाट एउटा रुद्राक्ष निकाले र पण्डितको हातमा दिँदै भने, ‘तिमीले यो रुद्राक्ष गेडा भुइँमा गुडाएर जे वस्तु जति मात्रामा माग्नेछौ, त्यही वस्तु तिम्रा गाउँले छिमेकीहरूले नमागीकनै स्वतः दोब्बर पाउनेछन्। अर्थात् तिमीले एक माग्यौ भने गाउँलेहरूले दुई पाउनेछन्, तिमीले दश माग्यौ भने गाउँलेहरूले बीस पाउनेछन्। यही नै तिम्रो परीक्षा हो।’

जोगीरूपी भगवान्को यस्तो कुरा सुनेर त्यो लोभी पण्डित गहिरो सोचाइमा डुब्यो। आफू मात्र ठुलो हुन चाहने र अरूको उन्नति देख्न नसक्नेलाई अब पर्‍यो समस्या। तत्पश्चात् भगवान् त्यहाँबाट विदा भए।

पण्डित हातमा चमत्कारी रुद्राक्षको गेडा लिएर झोक्रयाउन लाग्यो। ऊ सोच्न लाग्यो। अब के  गर्ने? जोगीले दिएको वरदान मागूँ भने आफूभन्दा अरू धनी हुने भए। नमागूँ त यत्रो अवसर त्यसै खेर जाने भयो भनेर ऊ रातभर यस विषयमा विचार गरी छट्पटाइरह्यो।

भोलिपल्ट सबेरै उठी निकैबेर पिँडीमा बसेर गम खाएपछि ऊ उठ्यो र आँगनमा उभिएर सूर्यदेवको उदयसँगै भगवान् शिवको स्तुति वाचन गर्दै रुद्राक्षलाई भुइँमा गुडाउँदै वरदान माग्यो, ‘मेरो घरमा दश करोड रूपैयाँ भई जाओस्।’

नभन्दै जोगीले भनेजस्तै आँगनभरि, छानाभरि र बारीभरि रूपैयाँ बर्सियो। पण्डित खुसी भयो। त्यसैबेला उसले अरूको दोब्बर हुनेछ भनेर जोगीले भनेको सम्झ्यो। ऊ उठेर गाउँ हेर्न  हिँड्यो। नभन्दै सबै गाउँलेका घर आँगनभरि बीस–बीस करोड रूपैयाँको थुप्रो लागेको देखेर ऊ छक्क पर्‍यो।

हिजोसम्म उसको घर खेतमा काम गर्न आउने गाउँलेहरू आज ऊभन्दा दोब्बर धनी भएको ऊ कसरी देख्न सकोस्। जोगीले पनि मलाई यो कस्तो असजिलो वरदान दिए भन्ने सोच्दै ऊ फर्केर आफ्नो घरमा आयो। पिँढीमा बसेर ऊ केही सोच्न लाग्यो। पहिलोपल्ट त मागिहालें, म पो अरूभन्दा गरिब भएँ।

भोलिपल्ट सबेरै उठी निकैबेर पिँडीमा बसेर गम खाएपछि ऊ उठ्यो र आँगनमा उभिएर सूर्यदेवको उदयसँगै भगवान् शिवको स्तुति वाचन गर्दै रुद्राक्षलाई भुइँमा गुडाउँदै वरदान माग्यो, ‘मेरो घरमा दश करोड रूपैयाँ भई जाओस्।’

अब दुईपल्ट मात्र बाँकी छ। के गर्ने होला? मैले जे मागे पनि अरूको दोब्बर हुने भनेर अलमलमा पर्‍यो। एक छिनपछि मनमनै केही कुरा सोचेर ऊ जुरुक्क उठ्यो। यसबेला उसको अनुहारमा खुसीको चमक देखियो। आँगनमा रुद्राक्षको गेडा गुडाउँदै ऊ करायो, ‘मेरो घर वरिपरि गहिरा चार-चार वटा इनार बनी जाओस्।’

तत्काल जमिन पट्ट पट्ट फुटेर उसको घर वरिपरि इनारहरू बने। ऊ फेरि गाउँ चहार्न हिँड्यो। गाउँभरि इनार देखेर ऊ दंग पर्‍यो। उसले के सोचेर हो कुन्नि? यो दोस्रो वरदान इनार मागेर सक्यो।

अब ऊसित अन्तिम वरदान मात्र बाँकी रह्यो। ऊ फेरि फर्केर आफ्नो घरमा आयो। आँगनमा उभिएर कम्मरमा हात राख्दै बडो रहस्यमयी कुटिल पाराले हाँस्दै ऊ एक्लै बरबरायो, ‘मजस्ताको परीक्षा लिन खोज्ने तँ जोगी ! मलाई छक्याउन खोज्ने तँ? मजस्तो छट्टु पण्डितलाई अरूभन्दा तल पार्न खोज्ने? मलाई के ठान्या छ? अब देख्लास्।’ यति भनेर पण्डित आँगनमा रमाई रमाईकन नाँच्न लाग्यो।

केहीबेरपछि ऊ टक्क अडियो। मुखमा कुटिलताको भाव र विजय मुस्कान खेलाउँदै एक्कासी भुइँमा रुद्राक्ष गुडाएर त्यो बेसरी करायो, ‘लौ जा त! मेरो एउटा आँखा पट्ट फुटिजाओस्।’

तत्काल जमिन पट्ट पट्ट फुटेर उसको घर वरिपरि इनारहरू बने। ऊ फेरि गाउँ चहार्न हिँड्यो। गाउँभरि इनार देखेर ऊ दंग पर्‍यो। उसले के सोचेर हो कुन्नि? यो दोस्रो वरदान इनार मागेर सक्यो।

तत्काल त्यसको एउटा आँखा पट्ट फुट्यो। त्यो खुसी भएर अट्ठहास गर्दै कराउन लाग्यो, ‘मेरो एक भए उनीहरूको दुई हुन्छ भनेको हैन तैंले जोगी? लौ हेर त अब।’

अब के हेर्नुथियो र बिताइहाल्यो बजियाले। पण्डितले आफ्नो एउटा आँखा नष्ट गरेर भए पनि सारा गाउँलेका दुवै आँखा फुटाएर सबैलाई दृष्टिविहीन बनायो। दृष्टिविहीन बनेका गाउँलेहरू इनारमा खसेर मर्न थाले। बचेकालाई पण्डित आफैले धकेलेर इनारमा खसाल्दै मार्‍यो। त्यसपछि गाउँलेहरूको समेत पैसा बोकेर पण्डित गाउँ नै छाडेर त्यहाँबाट बसाइँ सर्‍यो। 

प्रकाशित: ९ भाद्र २०८० ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App