२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

आजदेखि तीज मेला सुरु

फाइल तस्वीर

‘युनाइटेड वर्ल्ड ट्रेड सेन्टर’ मा आउँदो तीजलाई लक्षित गर्दै आजबाट तीज मेला सुरु भएको छ। 

काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको चौथो तल्लामा ‘डिइसिसी’ ले विशेषगरी महिला उद्यमी तथा व्यवसायीको व्यवसाय विस्तार एवं प्रवर्द्धन गर्ने उद्देश्यले आज तीज मेलाको उदघाटन गरेको हो।

आजदेखि यही १० गतेसम्म सञ्चालन हुने गरी पाँच दिन चल्ने उक्त मेलामा एक सयभन्दा बढी स्टल छन्। तीजका लागि आवश्यक पर्ने सम्पूर्ण सामान र विशेषगरी महिलालाई दैनिक प्रयोगका सामान सस्तो मूल्यमा एकै स्थानमा किनमेल गर्न मेलाको आयोजना गरिएको डिइसिसीका प्रबन्ध निर्देशक मनोज गुरुङले बताए।

उक्त मेलामा सबै स्टल बुकिङ भइसकेका छन्। गैरनाफामूलक संस्थालाई मेलामा निःशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइने निर्देशक गुरुङले बताए।

डिइसिसीका प्रबन्ध निर्देशक मनोज गुरुङका माता तारादेवी गुरुङले उक्त मेलाको उदघाटन गर्दै १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौं संस्करण आयोजना गर्न गइरहेको बताए।

कार्यक्रममा माता गुरुङले उद्यमशीलताले मुलुकलाई समृद्धिको मार्गतिर लैजाने बताइन्। महिला उद्यमीलाई प्रोत्साहन र प्रवद्र्घन गर्न, एक अर्काको सीप दक्षता आदानप्रदानमा समेत मेलाले टेवा पुर्‍याउने उनको भनाइ छ।

मेलामा नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताको सहभागिता रहने मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनि खरिद गर्न सकिनेछ।

डे टु डे डोर पुरस्कारको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मेला सञ्चालन हुनेछ। फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

प्रकाशित: ६ भाद्र २०८० ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App