२२ असार २०८१ शनिबार
image/svg+xml
कला

हृदयाघातपछि पुडासैनीको ‘समृद्धिको हुटहुटी’

कति घटना यस्ता हुन्छन्, जसले दुःख दिएर जान्छन् र सँगै सुखको बाटो खोलेर जान्छन्। नेपाल बैंक लिमिटेडका बैंकर आश्विनीकुमार पुडासैनीको जीवनमा गत वर्ष यही दिन अर्थात् साउन २६ गते यस्तो भूकम्प गयो, जुन भूकम्पले उनलाई मृत्युको बोधसम्म गरायो।

उनी नेपाल बैंक कर्णाली प्रदेश शाखाप्रमुखको रूपमा काम गर्दै थिए। उनले जीवनमा कहिल्यै एक्कासि हृदयाघात होला, यति ठुग आफ्नो शरीरभित्र लुकिरहेको छ भन्ने पत्तै पाएका थिएनन्। बेलाबखत हुने बिसन्चोमा चिकित्सकलाई देखाउँथे, चिनीको मात्रा बोर्डर लाइनमा छ, चिनी नखानु भन्थे। उनले यी कुरालाई सामान्य रूपमा लिन्थे। जति चासो दिनुपर्ने हो, त्यो मात्रामा दिँदैनथे।

यही क्रममा गत वर्ष साउन २६ गते बैंकमा काम गरिरहेको बेला उनलाई छातीको देब्रे भाग, देब्रे हाततिरको भागमा दुखाइको पीडा बढ्यो। दुखाइ तीव्र गतिमा बढ्दै असह्य बन्यो। उनलाई कर्मचारीले सुर्खेत प्रदेश अस्पताल पुर्‍याए।

कति घटना यस्ता हुन्छन्, जसले दुःख दिएर जान्छन् र सँगै सुखको बाटो खोलेर जान्छन्। नेपाल बैंक लिमिटेडका बैंकर आश्विनीकुमार पुडासैनीको जीवनमा गत वर्ष यही दिन अर्थात् साउन २६ गते यस्तो भूकम्प गयो, जुन भूकम्पले उनलाई मृत्युको बोधसम्म गरायो।

चिकित्सकले हृदयाघात भएको भन्दै केही बेर आइसियुमा राखेर उपचार गरे तर छिटोभन्दा छिटो गरी हेलिकोप्टरमा गंगालाल हृदय केन्द्र जान सुझाए। दुखाइले यी सबै हेलिकोप्टर खबर गर्ने अवस्था थिएन। तर पुडासैनीले नेपाल ट्रेकिङ संघका पूर्व अध्यक्ष ज्योति अधिकारीलाई फोन गरे। जवाफमा दुई घण्टाभित्र सुर्खेत आइपुग्ने बताए। तर दुई घण्टासम्म पर्खिंदा बाँचिन्छ जस्तो लागेको थिएन। मनमा थुप्रै कुरा खेले, छोराछोरी र पत्नीसँग थुप्रै कुरा भन्नु थियो। मृत्यु हुने पीडाको छटपटी एकातिर अर्कोतिर परिवारको बिछोड, मृत्युपछिको परिवारको हालतको दृश्य धेरै कुराले मन विचलित बनिरहेको थियो। यत्तिकैमा उनले आफ्नो मोबाइल सुदीप भाइलाई दिएर बैंकका कार्यकारी अधिकारीलाई फोन दिएर गंगालाल ल्याउँदै गरेको खबर सुनाइदिन भने।

बिचमा उनको होस गुम्यो, धेरै बेरपछि सुर्खेत अस्पतालमा हेलिकोप्टर आएको थाहा पाए। बिचमा केही थाहा पाएनन्। अर्धचेत अवस्थामै गंगालाल ओरालेको थाहा पाए। अस्पतालको चौरमा पत्नी आभा, दाजु अच्यूत, मित्रहरू प्रदीप पाठक लगायतलाई धमिलो आँखाले देखे। 

अस्पतालले तत्कालै अप्रेसन थिएटरमा लगे। केही घण्टापछि उनको शल्यक्रियामा संलग्न चिकित्सक डा. अरूण मास्केले भने, ‘पुरै खतरामुक्त हुनु हुन्न, आइसियुमा राखेर उपचार गर्छौं भने। चार दिनपछि मुटुको एउटा भल्व खोलियो, अरू बाँकी दुईवटा फेरि खोल्नुपर्छ भने। डाक्टरले यति भनेपछि अब बाँचियो भन्ने लाग्यो। त्यसपछि पुडासैनीलाई अर्को जन्म पाएको अनुभूति भयो। अर्थात् मृत्युबाट फर्केको महसुस गरे। त्यो मृत्युपछिको जीवनलाई उनले मनमनै ‘उज्यालो मृत्यु’को नाम दिए।

बिचमा उनको होस गुम्यो, धेरै बेरपछि सुर्खेत अस्पतालमा हेलिकोप्टर आएको थाहा पाए। बिचमा केही थाहा पाएनन्। अर्धचेत अवस्थामै गंगालाल ओरालेको थाहा पाए। अस्पतालको चौरमा पत्नी आभा, दाजु अच्यूत, मित्रहरू प्रदीप पाठकलगायतलाई धमिलो आँखाले देखे।

उज्यालो मृत्युको नौ दिनपछि उनी आइसियुबाट डिस्चार्ज भएर घर फर्किए। त्यसपछि दुई महिनासम्म घरमै आराम गरे। तेस्रो महिनापछि नेपाल बैंक काठमाडौं काजमा हाजिर गर्न गए। उज्यालो मृत्युपछि उनको जीवनमा धेरै कुरा परिवर्तन भए। जीवनको महत्व, जीवनलाई दिनुपर्ने प्राथमिकता, जीवनशैली, सोच सबै कुरामा परिवर्तन आयो। ‘हामीले आफैंलाई ध्यान नदिनाले कुनै पनि रोगले उच्चतम रूप लिँदोरहेछ र मृत्युका मुखमा पुर्‍याउँदो रहेछ, जीवन अनिश्चित छ, आजका लागि बाँच्ने कला सिकेको छु र मृत्युसंस्कार कसरी गर्ने भन्नेबारे समेत पुस्तकमा समेटेको छु,’ उनले भने।

उनले नियमित खानपानमा परिवर्तन गरे, मांसाहारी भोजन छोडेर शाहाकारी भोजन, व्यायाम, सोच्ने तरिकामा परिवर्तन गरे। नियमित स्वास्थ्य जाँचले कुनै पनि रोगको भयानक स्थितिबाट बच्न सकिन्छ भन्ने बोध गरे। यी कुरालाई जीवन पद्धतिको रूपमा अनपाए। ‘यतिखेर अहिले आफैंलाई प्राथमिकता दिन्छु, पहिला आफ्नो जतन रहेछ,’ उनले भने।

एउटा मृत्युको मुखबाट फर्किएपछि आफूमा जीवन र मृत्युबोध दुवै भएको उनी सुनाउँछन्। जीवनपद्धति र शासनव्यवस्थाको पद्धति समृद्ध भए मात्र जीवन सुन्दर र सुखी हुन्छ भन्ने बोध भएको पुडासैनीले सुनाए। यसका लागि उनले यो एक वर्षको अवधिमा पुस्तक तयार गरे।

पुस्तकमा जीवनको समृद्धि कसरी गर्नेदेखि देशलाई समृद्धिमा लैजान कुन कुन क्षेत्रमा परिवर्तन गर्नुपर्छ भन्ने विषय समेटेका छन्। पुडासैनीले आफूलाई हृदयाघात भएकै दिन र हृदयाघातको उपचार गरेका चिकित्सक गंगालाल हृदय केन्द्रका मुटुसर्जन डा. अरूण मास्केको हातबाट पुस्तक लोकार्पण गर्दै छन्।

प्रकाशित: २६ श्रावण २०८० ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App