१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

चर्चामा फिल्म ‘गदर २’, ३० करोडको ओपनिङ गर्ने प्रक्षेपण

भारतिय फिल्म गदर २ को चर्चा यतिबेला चुलिएको छ। २२ वर्षपछि रिलिज हुन लागेको ‘गदर’ को सिक्वेल हो गदर २।

गदर २ शुक्रबार भारतसहित विश्वभर रिलिज हुँदैछ। सो फिल्मलाई लिएर दर्शक उत्साहित छन्।

अहिलेसम्मको अवस्था हेर्दा सिनेमा हलमा गदर २ को माहोल अरु भन्दा दमदार हुने देखिन्छ। भारतिय सञ्चार माध्यमहरुका अनुसार गदर २ ले ३५ सय स्क्रिन पाएको छ। 

शुक्रबार रिलिजको दिनसम्म दुई लाख टिकट ब्रिक्री हुन सक्ने प्रक्षेपण गरिएको छ। टिकट बुकिङको ट्रेण्ड हेर्दा गदर २ ले ३० करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान गरिएको सञ्चार माध्यमहरुले बताएका छन्।

सन् २००१ मा रिलिज भएको ‘गदर’को सिक्वेलमा सनीका साथै अमिषा पटेल र उत्कर्ष शर्मा शीर्ष भूमिकामा छन्। फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन्।

प्रकाशित: २५ श्रावण २०८० ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App