२९ पुस २०८२ मंगलबार
image/svg+xml
कला

र्‍यापर वादशाहले खोले हनी सिंहसंग झगडा हुनुको कारण

बलीउड र्‍यापर वादशाहले हनी सिंहसंग झगडा हुनुको कारण खोलेका छन्।  ‘माफिया मुन्देर’ ब्यान्डमार्फत संगै काम गरिरहेका उनीहरुको ब्यान्ड तोडिनुको कारण वादशाहले खोलेका छन्।

वादशाह एक पोडकास्टमा माफिया मुन्देर ब्यान्ड र हनी सिंह सँगको आफ्नो सम्बन्धको बारेमा कुरा गरेका हुन्।

ब्यान्डको सुरुको समयमा आफू र हनी सिंह मात्र भएको उनले बताएका छन्। जब हनी सिंहले आफ्नो करियरमा एक्लै बढ्ने निर्णय गरे, तब विवाद हुन थालेको बादशाहले बताएका छन्।

हनी सिंह धेरै आत्मकेन्द्रित भएको र समूहका अन्य सदस्यहरूलाई बेवास्ता गर्न थालेको वादशाहले बताएका छन्।  

उनले सन् २००९ मा आफ्नो र हनी सिंहबीच मतभेद सुरू भएको बताए।

‘माफिया मुन्देर’ ब्यान्डको  ‘खोल बोटल’, ‘बेगानी नार बुरी’, ‘दिल्ली के दिवाने’ जस्ता चर्चित गीत रहेका छन्। सन् २००६ देखि १२ सम्म उनीहरुले माफिया मुन्देरकै छहारीमा गीत कम्पोज र कन्सर्ट गरेका थिए। त्यसपछि उनीहरुको सम्बन्धमा दरार आएको थियो।

प्रकाशित: १ श्रावण २०८० ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App