२२ असार २०८१ शनिबार
image/svg+xml
कला

सारुक ताम्राकारको निधनबारे छानबिन गर्न कलाकार संघको माग

नेपाल चलचित्र कलाकार संघले अभिनेता सारुक ताम्राकारको निधनबारे छानबिन गर्न माग गरेको छ।

संघले एक विज्ञप्ति जारी गर्दै ताम्राकारको मृत्युको विषयमा गहिरो छानबिन गरी सत्यतथ्य प्रकाशमा ल्याउन माग गरेको हो।

अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालमा पछिल्लो समय आएका अभिव्यक्तिको छानबिन गरी कोही दोषी देखिए सत्यतथ्य उजागर गरी कानुनको दायरामा ल्याउन माग गरिएको छ।

'सारुक ताम्राकारले हाल अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले चलचित्रको छायाँकनको कममा भएका घटना र सन्दर्भहरू विभिन्न अनलाइनमार्फत अभिव्यक्ति गर्नु भएकोले सो सम्बन्धमा पनि छानबिन गर्ने निकायले अनुसन्धान गरी यदि कोही दोषी देखिए सत्य तथ्य उजागर गरी कानुनको दायरामा ल्याई कडाभन्दा कडा कानुनी कारबाही गर्न जोडदार माग गर्दछौँ '  विज्ञप्तिमा भनिएको छ।

ताम्राकारको निधनलाई लिएर पछिल्लो समय जनस्तरबौट न्यायिक छानबिनको माग भइरहेको छ।  

प्रकाशित: ३१ असार २०८० १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App