१९ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

अप्रत्याशित उत्सव

कथा

झ्यालको पर्दा खोलें। पानी झमझम परिरहेको छ। यसबाट म कहिल्यै झस्कन्नँ किनकि मलाई पानीको आवाज निकै मन पर्छ, त्यो पनि बच्चैदेखि। यस्तो आवाजले मलाई मिठो कल्पनामा डुब्न सघाउँछ बरु। त्यसैले आज शनिबार बिहानैदेखि मेरो मन खुसी भइरहेको छ। सायद पानीको यो आवाज यही खुसीको सन्देश दिन झमझमाइरहेको हुनुपर्छ।

आँखाअगाडि टेबुलमा नागरिक पत्रिका छ। जसमा छापिएको आफ्नै लेखले पनि मन पुलकित छ। करिब २ हजार शब्दको लेख अनि त्यसैअनुसार रङ्गीन स्केच। लाग्छ, यो लेख नभएर जग्गेमा जान शृङ्गारपटारसहित तयार भएकी दुलही हो। शीर्षक पनि समसामयिक थियो–युवा जनशक्तिलाई देशमै कसरी आकर्षित गर्ने?

हुन पनि कोभिड महामारीले हामीलाई धेरै कुरा सिकाएर गएको छ। प्रायः म आफ्ना लेखमा युवा तथा ज्येष्ठ नागरिकका मनको बह, लागु औषधले आहत मन, हिंसापीडित महिलाजस्ता विषयवस्तुलाई केन्द्रमा राख्छु। जब लेख प्रकाशित हुन्छ, धेरै फोन आउँछन्। म्यासेज पनि उत्तिकै आउँछन्। मेलको इनबक्स पनि कालाम्मे हुने गर्छ। यसरी आउने प्रतिक्रियामध्ये करिब आधामा ‘लाइक’ अर्थात् मन पराइएको सङ्केत हुन्छ। यी यस्ता प्रतिक्रिया हुन्, जसले मेरो लेखनमा ऊर्जा प्रदान गर्छन्। त्यसो त स्वच्छ आलोचनालाई पनि मैले ऊर्जाकै रूपमा ग्रहण गर्ने गरेकी छु।

करिब १० वर्ष भयो निरन्तर लेख्न थालेको। यही क्रममा निरन्तर माया पनि पाइरहेकी छु पाठकबाट। हुन त लेखकको परिवार भनेकै आफ्ना पाठक न हुन्। त्यसैले उनीहरू कस्तो पढ्न चाहन्छन् भन्ने बुझ्नु र लेख्नु लेखकीय धर्म पनि हो। आखिर पाठकले पढिदिएनन्, रुचाइदिएनन् भने लेख्नुको अर्थ पनि त के नै छ र? यति बुझेकै कारण त म लेखनमा रमाउन सकेकी छु, अनि पाठकद्वारा खोजिने ‘प्रिय लेखिका’ पनि बन्न सकेकी छु।

झ्यालको पर्दा खोलें। पानी झमझम परिरहेको छ। यसबाट म कहिल्यै झस्कन्नँ किनकि मलाई पानीको आवाज निकै मन पर्छ, त्यो पनि बच्चैदेखि। यस्तो आवाजले मलाई मिठो कल्पनामा डुब्न सघाउँछ बरु। त्यसैले आज शनिबार बिहानैदेखि मेरो मन खुसी भइरहेको छ। सायद पानीको यो आवाज यही खुसीको सन्देश दिन झमझमाइरहेको हुनुपर्छ।

छोरी पनि १५ वर्ष पुगिसकी। कक्षा ९ मा पढ्छे। श्रीमान् आकाश आफ्नै व्यवसायमा व्यस्त। अनि घरमा भने दुर्घटनामा परी लामो समयदेखि ओछ्यान परेकी सासूआमा। यसैबीच घर सम्हाल्दै घरैबाट अनलाइन व्यवसाय गर्थें। बेलाबखत झुल्कने फुर्सदको सदुपयोग गर्दै लेखनमा दृष्टि दिन्थें। समाजमा हुने त्यस्ता घटना जो सबैसँग सम्बन्धित हुन्छन् तर धेरैले यसलाई गम्भीर रूपमा लिएका भने हुँदैनन्। मेरो लेखनको विषयवस्तुमा यिनैले प्राथमिकता पाउँछन्। खै किन हो कुन्नि, म आफ्नै, आफन्त, चिनजानको घर/परिवारमा भइरहेका तर सामान्य ठानिएका विषयलाई नै लेखनको विषयवस्तु बनाउन रुचाउँछु।

नागरिक दैनिकको शनिबारको अङ्क मेरो लेखनलाई उचित स्थान दिने थलो हो। जहाँ म आफूलाई मन लागेका विषय उठान गर्छु। जसलाई पाठकले रुचाइदिन्छन् अनि बारबार मलाई हौसाइरहन्छन्–लेख्नुपर्छ, तपाईंले नलेखे कसले लेख्छ? आज नलेखे कहिले लेख्ने? कोही न कोही अगुवा नभए समाज कसरी रूपान्तरण हुन्छ? आदि। त्यसैले मेरो लेखन यात्राको कुरा गर्दा नागरिकको शनिबार उल्लेख गरिएन भने ऊमाथि ठुलो अन्याय हुन्छ। जुन मैले राम्ररी बुझेकी पनि छु।

पाठकबाट लेखिकाका रूपमा यति धेरै माया पाएको थिएँ कि भनीसाध्य नै छैन। छरछिमेक, नातागोता आदि भेट हुँदासमेत कति राम्रो लेखेको भनेर तारिफ गर्थे। अफसोस, आकाशले भने कहिल्यै मेरा लेखबारे रुचि दिएको पाएकी छैन। उसकै अगाडि तस्बिरसहित मेरो लेख भएको पत्रिका राखिदिँदा पनि उसले खासै चासो दिँदैनथ्यो, न राम्रो भन्थ्यो न त नराम्रो नै। उसको यो व्यवहारले मलाई कता कता खल्लो बनाइरहेको थियो।

मेरो लेख छापिएको दिन ठ्याक्कै यही लेख पल्टाएर उसको टेबुलमा राखिदिन्थें, उसले पढोस् भनेर, अनि पढ्न हौस्याउँथे पनि। अहँ, उसले कहिल्यै मेरो लेखमा ध्यानै दिएन। मेरो लेखमा उसको दृष्टि जाओस् भनेर गरेका अनेकन् प्रयत्न पानीका फोका साबित हुन्थे। कहिलेकाहीं त मेरा पाठकले समेत उसलाई गरेका फोनमा मेरो लेखको प्रशंसा गरिरहेका हुन्थे। एकदम सन्देशमूलक, कतिखेर लेख्न भ्याउँछिन्, कहाँबाट आउँछ यस्तो विवेकजस्ता शब्द व्यक्त गरिरहेका हुन्थे। जुन म उसकै अगाडि सुनिरहेकी हुन्थें। त्यतिबेला लाग्थ्यो, आकाशले खुसी भएर केही प्रत्युत्तर दिनेछ, तर ऊ पाठकका कुरा सुनिरहन्थ्यो र अन्तिममा ‘म उनलाई भनिदन्छु’ भनेर फोन राखिदिन्थ्यो। उसले सामान्य ठाने पनि मेरा लागि भने यो क्षण बडो निराशाजनक हुने गर्थ्याे।

मैले आज एउटा अठोट गरें कि जसरी भए पनि उसलाई मेरो लेख पढाइछाड्छु। यही अठोट पूरा गर्नका लागि मैले बरन्डामा टेबुलकुर्सी बिछ्याएँ अनि मिठो मसलेदार नेपाली चिया बनाएर ल्याएँ। साथमा स्वादिलो बिस्कुट पनि थियो। त्यसपछि आफ्नो लेख छापिएको नागरिकको शनिबारे अङ्क पनि सँगै लगेर राखे।

नागरिक दैनिकको शनिबारको अङ्क मेरो लेखनलाई उचित स्थान दिने थलो हो। जहाँ म आफूलाई मन लागेका विषय उठान गर्छु। जसलाई पाठकले रुचाइदिन्छन् अनि बारबार मलाई हौसाइरहन्छन्–लेख्नुपर्छ, तपाईंले नलेखे कसले लेख्छ? आज नलेखे कहिले लेख्ने? कोही न कोही अगुवा नभए समाज कसरी रूपान्तरण हुन्छ? आदि। त्यसैले मेरो लेखन यात्राको कुरा गर्दा नागरिकको शनिबार उल्लेख गरिएन भने ऊमाथि ठुलो अन्याय हुन्छ। जुन मैले राम्ररी बुझेकी पनि छु।

बाहिर पानी परिरहेको थियो। धुलो पखालिएका हरिया बोटहरू मनमोहक देखिएका थिए। चेरी ब्लासम साना साना रुखमा लटरम्मै फुलेका थिए। खासमा मलाई पनि यो दुई महिना (फेब्रुअरी र मार्च) एकदमै मनपर्ने समय हो। झन् आफ्नो जीवनसाथीसँग बसेर चियाको चुस्की लिँदै मायाको कुरा गर्दै समय बिताउन पाए त संसारकै सबैभन्दा भाग्यमानी ठान्थें, अनि सुखी र खुसी पनि। ठिकठाक पारेर बस्न मात्र के खोज्दै थिएँ, त्यत्तिकैमा आकाश आयो– ‘सानु सानु ! म त पानीले भिजें नि, अनि जाडो पनि भएको छ। प्लिज अदुवा हालेको तात्तातो चिया लेऊ न ल।’

ऊ लुगा फेर्न बाथरुम पस्यो।

‘तिम्री सानुले तिम्रो इच्छाबमोजिम चिया तयार पारिसकेकी छ। आऊ सँगै बसेर पिऔं। आऊ आकाश, छिटो आऊ। म तिम्रै पर्खाइमा छु।’

‘आज शनिबार। म पनि तिमीसँगै बसेर चिया पिउँछु। आज खासै हतार पनि छैन किनकि आज अफिस पनि जानु छैन। आहा ! कस्तो रमाइलो वातावरण हो। मलाई त बितेका दिनको पो याद आयो। तिम्रो पर्खाइमा घण्टौं पानीमा रुझेर तिमीलाई कुरेको याद आयो। ओहो सानु! सम्झ त, तिम्रो एक झलक पाउनका लागि मात्र पनि म घण्टौं तिम्रापछि लाग्थें। त्यो पर्खाइ पनि कति प्यारो थियो। होइन सानु, तिमी अहिले पनि त्यत्तिकै राम्री छौ। लौ त, भनौं भने अझै राम्री। कि मेरी सानु भएर हो?’

यति भन्दाभन्दै मलाई अँगालोमा बेरिहाल्यो। त्यत्तिकैमा आकृति ‘बाबा हजुरसँग मेरो एउटा काम छ’ भन्दै आइपुगी। म भने लाजले भुतुक्क भएँ र आकाशबाट पन्छिएँ। केही समय बाबा/छोरी खासखुस गरेको देखें तर मैले त्यति वास्ता गरिनँ। मलाई आज आफ्नो लेख आकाशले पढोस् भन्ने लागेको थियो। छोरी आफ्नो कोठामा गई। हामी दुवैजना शान्त वातावरणमा चियाको चुस्की लिँदै आनन्द मानिरहेका थियौं।

त्यत्तिकैमा मैले उसलाई आफ्नो लेख देखाएँ। त्यसपछि आकाशले मेरो चस्मा कता प¥यो भन्दै फुत्कने बहाना बनायो।

मैले ‘पढ न, म तिमीले पढेको सुन्न चाहन्छु आज, प्लिज...’ भनें।

‘होइन सानु, तिमी राम्रो लेख्छ्यौ। थाहा छ मलाई। अहिले पढ्न मन छैन’ भन्दै आकाश कोठाभित्र पस्यो।

ऊ त कोठाभित्र पस्यो, मलाई भने चक्कर लाग्यो–होइन किन उसलाई मेरो लेख मन पर्दैन हँ? राम्रो छैन भनौं भने हजारौं पाठकले प्रशंसा गर्छन्। उसलाई मात्र किन मन पर्दैन मेरो लेखाइ? कतै यो मेरो लेखनविरुद्ध उसको इगो त होइन? होइन भने के कारण छ, जसले गर्दा ऊ मेरो लेख पढ्नै चाहँदैन? धेरै प्रश्न र जिज्ञासा उठिरहे लगातार।

त्यसपछि आफ्नै मनलाई बुझाउन थालें–ओहो आफूलाई यति धेरै माया गर्ने श्रीमान्का बारेमा यस्तो नकारात्मक कुरा सोच्नु हुन्न।

मेरो एउटै इच्छाचाहिँ पूरा हुन सकिरहेको थिएन–मेरा श्रीमान् अर्थात् जीवनसाथीले मेरो लेख पढेर मलाई नै सुनाउने। यो मात्रै एउटा यस्तो इच्छा थियो, जसले पूरा भएका थुप्रै इच्छालाई पनि ओझेलमा पार्थ्याे। अर्थात्, पूरा हुन बाँकी यो इच्छाले मनलाई दुःखी बनाइरहेको थियो।

आकृति र आकाश मेरासामु आइपुगे। मेरा आँखाबाट आँसु झरिरहेको थियो। त्यो देखेर आकृतिले सोधी–आमा के भयो? केमा चित्त दुख्यो? भोलि १४ फेब्रुअरी, हजुरको जन्मदिन। हजुर त आज खुसी हुनुपर्ने। के भयो भन्नु न प्लिज। बरु भोलिको योजना बनाऔं न सबै मिलेर, हस्?

‘मेरी प्यारी आमाको जन्मदिन कसरी मनाउने? ककसलाई बोलाउने? हजुरका साथीहरूको नाम पनि दिनूस् त आमा। अनि थिम के राख्ने? आमा म एकदमै खुसी छु। हजुरको जन्मदिन कसरी मनाउने साँच्चै आमा? प्रणय दिवसमा जन्मेर होला, हाम्रो घरको सबैभन्दा प्यारो मान्छे हजुर नै हो,’ उसले मलाई फकाइरहेकी थिई।

मेरो चित्त भने आकाशबाट एकदमै दुःखेको थियो। उसले मेरो लेखका लागि त्यति जाबो दश मिनेट पनि दिन सकेन। आफ्नै श्रीमान्ले मेरो लेख नपढ्दा त्यो जतिको पीडा मलाई अरू के नै हुन्थ्यो र? यस्ता दुःख अनि प्रश्नहरू आउनेजाने क्रम चलिरह्यो।

अनायासै, मेरो मुखबाट निस्कियो–सानु मेरो जन्मदिन भोलि होइन, यसपालि नमनाउने। मलाई कुनै जाँगर छैन जन्मदिन मनाउन। जाऊ बरु आफ्नो कोठामा गएर पढ।

छोरीलाई भन्न त भनें तर म आफैलाई अचम्म लागिरहेको थियो। १४ फेब्रुअरी कसरी मनाउने भनेर म करिब १०–१५ दिनअगाडिदेखि तयारीमा लाग्थें। बच्चाहरू आफ्नो जन्मदिनमा खुसी भएजस्तै म पनि आफ्नो जन्मदिनमा धेरै नै खुसी हुन्थें। यस्तो केक बनाउने, खानाको मेनु यो यो हुने, पाहुनाहरू यतिजना बोलाउने, यो डिजाइनको लुगा लगाउने, कपडाको रङ छान्ने आदि। एकप्रकारले भन्दा जन्मदिनको केही दिनअघिदेखि व्यस्त व्यस्त नै भइन्थ्यो।

तर यसपालि भने अचम्मै यस अर्थमा भयो कि भोलि जन्मदिन छ तर कुनै चालचुल छैन। न उत्साह न त जाँगर नै। बगैंचामा एउटै हाँगोमा मिलेर फुलेका रातो र सेतो बेगमबेलीलाई एकतमास नियालेर सोचिरहेकी थिएँ। त्यतिबेलै बाउछोरी घरबाट बाहिर निस्के। त्यसपछि त के चाहियो र? मेरो चित्त झन् झन् दुख्न थाल्यो।

मान्छेको मन, न दुःखी हुन समय लाग्ने न त खुसी हुन नै। बिहानसम्म म आफै कति खुसी थिएँ, कति रोमाञ्चित थिएँ। अहिले लाग्छ–संसार दुःखै दुःखको पोको हो।

भित्र पसें। सासूआमाको कोठामा गएँ। उहाँलाई माया गरें। आमाको कोठा सफासुग्घर गरें। खाना खुवाएँ। त्यसपछि आफ्नो कोठामा आएर पल्टें।

मान्छेको मन, न दुःखी हुन समय लाग्ने न त खुसी हुन नै। बिहानसम्म म आफै कति खुसी थिएँ, कति रोमाञ्चित थिएँ। अहिले लाग्छ–संसार दुःखै दुःखको पोको हो।

फेरि उही प्रश्न उठ्यो–के आकाश मेरो खुसीमा खुसी हुन चाहन्न? के मेरो लेख पढ्नु उसको कर्तव्य होइन? लेख पढ्ने, सुझाव दिने, सामाजिक सञ्जालमा सेयर गर्ने गर्नुपर्दैन उसले आफ्नै श्रीमतीको लेख/रचना? संसारले मेरो लेख सेयर गर्छ भने मेरो श्रीमान्ले किन नहुने? किन आकाश पढ्दैन? किन सुझाव दिँदैन? किन मतलब गर्दैन? कतै ऊ मबाट टाढिन खोजेको त होइन?

ओहो! आफूलाई झन् सम्हाल्नै नसक्ने गरी प्रश्नका वर्षा नै आइलागे। उफ्! टाउकै पो फुट्ला जस्तो भयो त।

यस्तो बेलाको मेरो एउटै साथी थियो–सिटामोल। त्यसैको सहारामा निदाउने प्रयास गरें। धन्न, कुन बेला निन्द्रा लागेछ, पत्तै भएन।

‘गुड मर्निङ सानु! जन्मदिनको धेरै धेरै शुभकामना! हिजो चाँडै सुत्यौ। तिमीले थकाइ मारेको कहिल्यै देखेको थिइनँ। सधैं दौडादौड, भ्याइ/नभ्याइ गरेको मात्र देख्थें। तिमीले रेस्ट गरेको देख्दा पनि आनन्द लागेर उठाइनँ। अनि हिजो साँझ फ्राइड राइस बनाएर तीनैजनाले खायौं। तिमीलाई भोक पनि लाग्यो होला सानु, बेड टि लिएर आऊँ डाइनिङमा। बिहानको नास्ता तयार गरेको छु। सँगै बसेर खाऔं,’ भोलिपल्ट बिहानै आकाशको मुखारविन्द यसैगरी चलिरह्यो। ऊ एकनासले बोलिरहेको थियो–आज त मेरो सानुको जन्मदिन हो। म एकदमै खुसी छु। यो अवसरमा ईश्वरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, मलाई जीवनसाथीका रूपमा सानु मिलाइदिएकोमा।

यसरी मलाई जन्मदिनको शुभकामना दिँदै न्यानो अङ्कमाल पनि गर्‍यो उसले। त्यसपछि डाइनिङमा गयो। म पनि नुहाइधुवाइ गरेर डाइनिङमा आएँ। वातावारण फरक थियो। बाबु/छोरी भएर आमालाई समेत सिँगारेर ह्विल चियरमा त्यहीं ल्याएका थिए। दुइटा केक थिए त्यहाँ। जसमध्ये एउटामा आकाशको माया अनि अर्कोमा आकृतिको। तीनैजनाले मलाई जन्मदिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना दिए।

आखिर नारी न परें, कोमल हृदयकी खानी। जस्तोसुकै प्रतिकूलतालाई पनि छिनभरमै अनुकूलतामा ढाल्न सक्ने। त्यसपछि त के चाहियो र? दौडिएर कोठामा गएँ र रातो सिफन सारी लगाएर आएँ, जुन आकाशलाई एकदमै मन पर्थ्याे।

आकाश मलाई हेरेको हेर्‍यै भयो। ऊ बोलिरहेको थिएन तर हेराइ र भावबाटै बुझिन्थ्यो कि ऊ मलाई माया नै मायाको सागरमा डुबाउन चाहन्छ। अनि मचाहिँ आफूलाई समेटिरहेकी थिएँ। लाग्थ्यो–म भर्खरै २२/२३ वर्षकी छु।

१४ फेब्रुअरी कसरी मनाउने भनेर म करिब १०–१५ दिनअगाडिदेखि तयारीमा लाग्थें। बच्चाहरू आफ्नो जन्मदिनमा खुसी भएजस्तै म पनि आफ्नो जन्मदिनमा धेरै नै खुसी हुन्थें। यस्तो केक बनाउने, खानाको मेनु यो यो हुने, पाहुनाहरू यतिजना बोलाउने, यो डिजाइनको लुगा लगाउने, कपडाको रङ छान्ने आदि। यसपालि भने अचम्म यस अर्थमा भयो कि भोलि जन्मदिन छ तर कुनै चालचुल छैन, न उत्साह न त जाँगर नै।

आज घरका सबै परिवार जसरी हुन्छ मलाई खुसी बनाउने भन्ने ध्याउन्नमा थिए। मैले व्यक्त गर्न नपाउँदै उनीहरू मेरा इच्छा पूरा गरिरहेका थिए तर मेरो एउटै इच्छाचाहिँ पूरा हुन सकिरहेको थिएन–मेरो श्रीमान् अर्थात् जीवनसाथीले मेरो लेख पढेर मलाई नै सुनाउने। यो मात्रै एउटा यस्तो इच्छा थियो, जसले पूरा भएका थुप्रै इच्छालाई पनि ओझेलमा पार्थ्याे। अर्थात् पूरा हुन बाँकि यो इच्छाले मनलाई दुःखी बनाइरहेको थियो। यसरी दुखेको मनलाई सम्हालेर भए पनि परिवारको खुसीका लागि रमाइरहेकी थिएँ। आकाश, आकृति र आमाको अनुहार नियालें एकपटक सरर। सबैजना हाँसीखुसी हुनुहुन्थ्यो।

आमालाई दिउँसो खाना खुवाइवरी उहाँकै कोठामा लगें। सबै एकछिन आआफ्नै कोठामा थिए। म पनि आफ्नो कोठामा गएँ। आकाश पल्टिरहेको थियो। म पनि पल्टें आकाश नजिकै। विगत कोट्याउन थाल्यो त्यसपछि आकाश–मलाई पहिलोचोटि लाइब्रेरीमा देख्दा ऊ मप्रति आकर्षित भएको, विवाहपछि पहिलोपटक लजाइलजाई सँगै घुमेको, आकृति पेटमा आइसकेपछिको मिठो क्षण... ऊ सुनाइरहेको थियो। म पनि मुग्ध भएर सुनिरहेकी थिएँ।

कुन बेला निन्द्रा आएछ, पत्तै भएन।

सानु, सानु! उठ, छोरीले कर गरिरहेकी छे, एकछिन बाहिर गएर उतै केही खाएर आऊँ। उठ, कहिलेकाहीं अरूको मन पनि राख्नुपर्छ। त्यहाँमाथि आकृति त अरू पनि होइन, तिम्रो र मेरो संयुक्त मुटु।

एकातिर आकाश थियो, अर्कातिर आकृति। हलको ढोका मात्र के खोलेकी थिएँ, ‘जन्मदिनको धेरै धेरै शुभकामना’ भन्ने ठुलो आवाज मेरो कानमा गुन्जन पो थाल्यो, त्यो पनि लगातार। मलाई मन पर्ने, मैले पनि मन पराउने साथीसँगी, नातागोताको भिडै पो लागेको रहेछ।

म उठें। आकाशलाई हेरें। ऊ कालो सुटमा एकदमै राम्रो देखिएको थियो। हेरेको हेर्‍यै भएँ। मेरो एकोहोरो हेराइ देखेर होला, उसको प्रतिक्रिया थियो–तिम्रो सारीसँग सेट मिलाएको। सानु, यु आर लुकिङ सो जर्जियस!

‘ब्युटी लाइज इन दि आइज अफ बिहोल्डर,’ म पनि जवाफ फर्काउनमा के कम थिएँ र? हामी ठमेलको अलफ्ट पुग्यौं। लिफ्ट छेवैको स्क्रिन धपक्क बलिरहेकोजस्तो लाग्थ्यो। जसमा लेखिएको थियो–जन्मदिनको धेरै धेरै शुभकामना मेरी उनीलाई।

ओहो ! त्यो केटी कस्तो भाग्यमानी रै’छे भन्ने लाग्यो मनमा। माथि गयौं। लिफ्टको ढोकैदेखि गरिएको प्रचारप्रसारले बुझिन्थ्यो कि त्यहाँ यात्रा नामक किताबको विमोचन हुँदै छ। त्यो देखेपछि मनमा लाग्यो–ओहो! मैले पनि त यस्तै किताब निकाल्न पाए हुन्थ्यो नि। कसको रै’छ यो विमोचन कार्यक्रम?

बाहिर पानी परिरहेको थियो। धुलो पखालिएका हरिया बोटहरू मनमोहक देखिएका थिए। चेरी ब्लासम साना साना रुखमा लटरम्मै फुलेका थिए। खासमा मलाई पनि यो दुई महिना (फेब्रुअरी र मार्च) एकदमै मनपर्ने समय हो। झन् आफ्नो जीवनसाथीसँग बसेर चियाको चुस्की लिँदै मायाको कुरा गर्दै समय बिताउन पाए त संसारकै सबैभन्दा भाग्यमानी ठान्थें, अनि सुखी र खुसी पनि।

मेरो एकातिर आकाश थियो, अर्कातिर आकृति। हलको ढोका मात्र के खोलेकी थिएँ, ‘जन्मदिनको धेरै धेरै शुभकामना’ भन्ने ठुलो आवाज मेरो कानमा गुन्जन पो थाल्यो, त्यो पनि लगातार। मलाई मन पर्ने, मैले पनि मन पराउने साथीसँगी, नातागोताको भिडै पो लागेको रहेछ। भित्ताभरि मेरा लेखका स्केच सजिएका थिए। फ्लेक्समा उतारिएका लेख र तस्बिरहरू मेरै प्रतीक्षा गरिरहेका थिए। अनि एउटा किताब, जसको कभरमा एउटी केटी आफ्नो लेखाइको यात्रामा हिँडिरहेको दृश्य देखें। किताब उठाएँ र यो यात्राको लेखक को रहेछ भन्ने थाहा पाउन पाना पल्टाएँ।

संस्कृति शर्मा! ओहो! तीनछक परें आफ्नै नाम देखेर। आकाशलाई हेरें, छोरीतिर नजर लाएँ। दुवै मेरो खुसीको डिग्री नियालिरहेका थिए। एउटा लेखकका लागि आफ्नो किताबको विमोचन, त्यो पनि आफ्नो जन्मदिनको अवसरमा गर्न पाउनु। त्योभन्दा खुसी के हुन सक्छ? ओहो! मेरो पनि खुसीको सीमा नै थिएन।

एकातिर खुसीले सीमा नाघिरहेको थियो, अर्कातिर आफूले श्रीमान्प्रति गलत सोचाइ बनाएकोमा पश्चाताप पनि लागिरहेको थियो। यति राम्रो परिवार पाउँदा पनि ममा बेलाबखत किन नचाहिँदो सोच आउँछ होला? आफ्नो मनले आफैलाई सोध्यो एकपटक। अनि मनले नै भन्यो–मलाई माफ गर भगवान्।

आखिर नारी न परें, कोमल हृदयकी खानी। जस्तोसुकै प्रतिकूलतालाई पनि छिनभरमै अनुकूलतामा ढाल्न सक्ने। त्यसपछि त के चाहियो र? दौडिएर कोठामा गएँ र रातो सिफन सारी लगाएर आएँ, जुन आकाशलाई एकदमै  मन पर्थ्याे।

आकाश स्टेजमा थियो। ऊ लेखिकाका बारेमा प्रशंसाका वाक्य बोलेरै भ्याइरहेको थिएन–संस्कृति उर्फ लेखिका, जस्तो नाम त्यस्तै व्यक्तित्व। मैले ऊजस्ती जीवनसाथी पाउनु भनेको मेरा लागि पूर्व जन्मकै आशीर्वाद हो। उसले समाज परिवर्तनका लागि मात्र काम गरेकी छैन, घरलाई पनि त्यत्तिकै राम्ररी सम्हालेकी छे। उसका हरेक लेखले समाजलाई केही न केही सन्देश दिइरहेको हुन्छ। विकृति/विसंगतिविरुद्ध खबरदारी गरिरहेको हुन्छ। मैले पनि उनका लेखबाट धेरै शिक्षा हासिल गरेको छु। एउटा गतिलो किताब सिङ्गो पुस्तालाई सही मार्गमा डो¥याउने पथप्रदर्शक बन्न सक्छ। त्यसैले हामीले उसको जन्मदिनको अवसरमा उसका तर्फबाट तमाम जनमानसलाई उपहारस्वरूप प्रदान गर्न यो किताब प्रकाशन गरेर सार्वजनिक गरेका हौं...।

आकाश उक्त पुस्तकमा समावेश हरेक शीर्षकबारे ब्रिफिङ गर्दै गइरहेको थियो। साथमा मेरो लेखकीय खुबी पनि मिसमास पारिरहेको थियो। कार्यक्रममा आकाश नै पुस्तकको प्रमुख समीक्षक थियो। उसले यति राम्रोसँग मेरो लेखकीय प्रवृत्तिको बयान गरिरहेको थियो कि त्यहाँ उपस्थित सबैलाई लाग्थ्यो–ऊ मेरो लेखनीको सच्चा पाठक हो। उसले मेरा हरेक रचना शब्द शब्द गुनेर पढेको छ, मेरा लेख एक एक केलाएको छ।

अनायासै म मञ्चमा पुगेछु। अनि आकाशलाई अङ्कमाल गर्ने क्रममा मुखबाट फुत्किरहेको थियो–‘आकाश, तिमीले आज मेरो मनमुटु पूरै कब्जा गर्‍यौ। मलाई जन्मदिनको उपहार यस्तो दियौ, जसको कुनै मूल्य नै छैन। मेरो लेखनरूपी यात्रालाई धेरै सम्मान गर्‍यौ। म कसरी व्यक्त गरुँ यो खुसीको क्षण?’

प्रकाशित: ३० असार २०८० ००:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App