२२ असार २०८१ शनिबार
image/svg+xml
कला

पुरस्कार वितरण तथा हाइकु कृति सार्वजनिक

नेवाः हाइकु ख्यःको आयोजनामा भएको एक समारोहमा हाइकु प्रतियोगिताका विजयी स्रष्टाहरूलाई पुरस्कार वितरण तथा कृति सार्वजनिक गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभाले विजयी हाइजिनहरू-विमलप्रभा बज्राचार्य, मिलन शाक्य, रामेश्वर जलन, रामेश्वर मिश्रण र रिता महर्जनलाई पुरस्कार प्रदान गरेका थिए।

त्यस्तै आनन्दसिद्धि तुलाधर, बद्रि वेदना, बुद्धलक्ष्मी बज्राचार्य, दिव्या ताम्राकार, प्रदीप आर तुलाधर, राजु नापित, रिता मर्हजन र तेजकृण श्रेष्ठलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि निभाले शब्दको कन्जुस्याइँ गरे पनि  हाइकुमा अनुभूतिकाे व्यापकता हुने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्यले यसप्रकारका प्रतियोगिताले बुद्धबारे ध्यानाकर्षण हुनेछ भन्दै खोज-अनुसन्धान लगायत विविध विषयमा सहकार्य गर्न आग्रह गरे।

बौद्ध विश्वविश्वविद्यालयका डीन एवं कार्यक्रमका सभाध्यक्ष माणिकरत्न शाक्यले बौद्ध दर्शन मात्र नभएर जीवनको विज्ञान पनि भएको बताउँदै नेपालीहरूले बुद्धबारे जानकारी राख्नुपर्ने धेरै कुरा रहेको बताए।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयको सहयोगमा भएको नेवाः बौद्ध हाइकु प्रतियोगितामा समावेश हाइकुको संग्रह पनि सार्वजनिक गरिएको थियो।

पुष्पराज राजकर्णिकार, ध्रुव मधिकर्मी, बज्रराज शाक्य र डा. चुन्दा बज्राचार्यले पनि विमोचित हाइकुसंग्रह र प्रतियोगिताबारे बाेलेका थिए।

कार्यक्रममा नेपालभाषा साहित्यका स्रष्टाहरू आनन्द जोशी, भूषणप्रसाद श्रेष्ठ, नरेशवीर शाक्य, बंशीधर बज्राचार्य, केदार सितु, पुष्कर माथेमा, नारद बज्राचार्य, शैलेन्द्र श्रेष्ठ, नरेश अमात्य, मंगलनारायण जोशी, विमल ताम्राकार, सुरेन्द्रलाल भुजू , पौभाः साय्मि, तुयु पुं दिव्या बज्राचार्य, माणिक उराय लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेकाे थियो।  

प्रकाशित: ७ असार २०८० ०३:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App