९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

काठमाडाैंमा भारतीय चलचित्र 'आदिपुरुष' को बिहानी शो रोकियो

आजबाट नेपाली हलमा लाग्ने भनिएको भारतीय चलचित्र 'आदिपुरुष' को बिहानी प्रदर्शन रोकिएको छ। बिहिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फिल्मको एक संवाद नहटाए काठमाडौं महानगरभित्र चल्न नदिने बताएपछि सुरक्षाको कारण देखाउँदै वितरकहरुले काठमाडाैं उपत्यकामा फिल्म प्रदर्शन रोकेका हुन्।  

क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सीडीसी सिनेमाज लगायतका हलहरुले फिल्मको बिहानी शो रोकेका हुन्। फिल्म हलको छाता संस्था चलचित्र संघको निर्देशनमा शो रोकिएको बताइएको छ। अहिले बिहान ९ बजे नेपाल चलचित्र सङ्गको बैठक हुँदैछ।

सीतालाई भारतकी चेली बताइएको संवादले सो चलचित्रको आलोचना भइरहेको छ। केन्द्रीय चलचित्र जाँच समितिले भने जाँच पासको प्रमाणपत्र दिने क्रममा सो संवाद आवाजरहित बनाइएको जनाएको छ। 

प्रकाशित: १ असार २०८० ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App