१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

प्यारी आमा

कविता

सर्वज्ञ ज्ञवाली

आमाको ममता हुन्छ सधैं प्यारो

उनको काख हिंउदको घामभन्दा न्यानो

मान्दिनन् दिक्क जति थाके पनि

सन्तानले बारबार जति डाके पनि।।

सन्तानका सामु आफ्नो दुःख लुकाउने

पसीनाले हामीलाई सधैं सिंचाउने

पूर्ण मानव बन्न प्रेरणा जगाउने

आमा नै हुन् सही मार्ग देखाउने।।

आमा साथ भए संसार हुन्छ स्वर्गझैं

आमाको छायामुनि बस्नु पर्दैन डराई

लाग्छ आमा हुन् सुन्दर परी

आमाको माया बसेको छ मनभरि।।

निःस्वार्थ मायाले उत्कृष्ट पाठ सिकाउने

उनै हुन् सन्तानका निम्ति सबै गुमाउने

मैन जस्तै पग्लिएर सदा ज्योति दिने

आमा नै हुन् भगवानकाे साक्षात् रूप लिने।।

कक्षा-८, पाठशाला नेपाल फाउन्डेसन,नयाँबानेश्वर।

प्रकाशित: २४ जेष्ठ २०८० ०७:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App