३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
कला

लघुकथा गानको दोस्रो वार्षिक दिवस

हाम्रो लघुकथा पाठशाला केन्द्रले लघुकथा गानको दोस्रो वार्षिक दिवस मनाएको छ। स्रष्टा समाज नेपालका अध्यक्ष एवं लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा केन्द्रले भर्चुअलको माध्यमबाट दिवस मनाएको हो।

कार्यक्रममाअतिथि वक्ताहरूले गीतबारे मन्तव्य राख्दै शुभकामना दिएका थिए। लघुकथाकार खेमराज पोख्रेल, ध्रुव मधिकर्मी, हरिप्रसाद भण्डारी, सुमन सौरभ, गंगा पौडेल कर्माचार्य,असफल गौतमले गीतसंगीतको माध्यमबाट पनि लघुकथाको चर्चापरिचर्चा, यसको महत्व प्रकाश पार्ने हुँदा गीतका परिकल्पनाकार, गीतकार, संगीतकार, गायक र व्यवस्थापकहरूले ऐतिहासिक कार्यक्रम गरेकोमा बधाई समेत दिए।

हाम्रो लघुकथा पाठशाला केन्द्रले लघुकथा गानको दोस्रो वार्षिक दिवस मनाएको छ। स्रष्टा समाज नेपालका अध्यक्ष एवं लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा केन्द्रले भर्चुअलको माध्यमबाट दिवस मनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि स्रष्टा समाज नेपालका अध्यक्ष एवं लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा गान साहित्य विधाकै पहिलो गान भएकाले जेष्ठ १९ गते ‘लघुकथा गान’ दिवसको रूपमा मनाउनुपर्ने बताए।

कार्यक्रममा लामो समयदेखि लघुकथा लाइभ वाचन गर्दै आएका अनु विज्ञाति, मिसु श्रेष्ठ थपलिया र निर्मला बरालले गीत बजाएर मात्रै कार्यक्रम थालेकाे बताए। उनीहरूले गान बजाएर कार्यक्रम थाल्दा कार्यक्रम निकै प्रभावकारी भएकाे अनुभव सुनाए।

यसै गरी रमेश सुवेदीले हाम्रो लघुकथा केन्द्रसँग जोडिन पाउँदा खुशी लागेको बताए।

कार्यक्रमका प्रमुख अतिथि स्रष्टा समाज नेपालका अध्यक्ष एवं लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा गान साहित्य विधाकै पहिलो गान भएकाले जेष्ठ १९ गते ‘लघुकथा गान’ दिवसको रूपमा मनाउनुपर्ने बताए।

संस्थाका उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पौडेल विमुन्सले लघुकथा गान बजाएर सुरु गरेकी थिइन्।

स्मरणीय छ, गानको परिकल्पना राजु क्षत्री अपुरोले गरेका थिए भने  लता केसी, निर्मला बराल र राजु क्षत्री अपुरोको शब्द रहेको उक्त गानमा सिडि विजय अधिकारी र मनिषा राईको स्वर रहेको छ। उक्त गान दुई वर्षअघि सार्वजनिक गरिएको थियो।

प्रकाशित: २१ जेष्ठ २०८० ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App