coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रश्मि मुक्तकसंग्रह लोकार्पण

हनी वि स्कुल टोखाले मुक्तककार कमला घिमिरे अधिकारीको रश्मि मुक्तकसंग्रह लोकार्पण गरेको छ।

पूर्व गृहराज्यमन्त्री दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा कार्यक्रमका प्रमुख अतिथि बास्कोटा, पूर्व सहायक मन्त्री एवं विश्व हिन्दू महासंघका अध्यक्ष रामचन्द अधिकारी, प्राडा जीवनहरि अधिकारी, वरिष्ठ साहित्यकार सुनिल अधिकारी, दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी र आयोजक संस्था हनी बी स्कुलका संस्थापक रामप्रसाद अधिकारीले कृतिको लोकार्पण गरेका थिए।

सामाजिक अभियन्ता रश्मि खनालको दोस्रो स्मृतिको दिवसको अवसरमा सो कृतिको लोकार्पण गरिएको हो।

लेखक पिता अम्बिकाप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले स्व. रश्मि खनालले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबारे बोलेको थिए।

हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारीले मुक्तककार घिमिरेको मुक्तकले पाठकको मन-मस्तिकष्कलाई तरंगित बनाउन सफल भएको बताए।

कार्यक्रममा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारीले राम्रो काम गर्न सके मरेर गए पनि कृतिमा बाँचिरहने बताइन्।

कोभिडको कारण ज्यान गुमाएका रश्मि खनाल विभिन्न संघसंस्थामा आबद्ध भएर सामाजिक सेवा गर्दै आएकी थिइन्। उक्त कृति स्व. खनालका श्रीमान् कृष्णप्रसाद खनालले प्रकाशनमा ल्याएका हुन्।

प्रकाशक खनालले स्वर्गीय पत्नीको सम्झनामा कृतिको प्रकाशन गरेको बताए। उनले भने, ‘कोभिडको बेला हामी घरमै बन्दी बन्यौं। त्यतिबेला मैले सामाजिक संजालमा मुक्तककार घिमिरेको सिर्जनाहरू पढ्न अवसर पाएँ। मेरी श्रीमती रश्मि खनालले पनि खुब मन पराउँदी रहेछिन्। पछि खोजी गर्दै जाँदा लेखक आफन्त भएको  थाह भयाे। मैले लेखकसित अनुमति लिएर रश्मिको सम्झनामा कृति प्रकाशन गरेको हुँ।’

रामरञ्जन अधिकारी सञ्चालन गरेको कार्यक्रममा कृतिको आवरण चित्र तयार गरेकोमा बाल चित्रकार आरुषी अधिकारीलाई सम्मान गरिएको थियो। कार्यक्रममा चन्द्रमणि अधिकारी, कल्पना अधिकारीले लगायतले स्व. रश्मिको सम्झनामा कविता पाठ गरेको थिए।

प्रकाशित: १९ जेष्ठ २०८० ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App