४ वैशाख २०८१ मंगलबार
कला

‘शुभांशु’ मा शुभका सन्देश सौन्दर्य

पाठक्यौली

‘शुभांशु’ लघकथासंग्रहकी कथाकार शुभ शर्मा मेरा लागि भौतिक रूपमा भेटिएकी,चिनिएकी र जानिएकी स्रष्टा होइनन्। तर,संयोग सामाजिक सञ्जालले हामीलाई आफन्त हुने अवसर दिएको छ। यसको कारण लघुकथाको अन्तर्य नै हो।

चितवन, नेपालमा जन्मिएकी लघुकथाकार शुभ शर्मा ‘हाम्रो लघुकथा केन्द्र’ मा मीठाे तरीकाले लघुकथा वाचन  गरिरहेको सुखद परिवेश छ। कुशल वाचक भनेर चिनिएकी शुभ शर्माले आफ्ना जीवन भोगाइका असरल्ल अनुभूतिहरूलाई ‘शुभांशु’ लघुकथासंग्रहका रूपमा आकारीकरण गरेको देखिएको छ। विद्युतका माध्यमले मेरा कम्प्यूटरका भित्तामा उभिन आएका ‘शुभांशु’ लघुकथासंग्रहमा समेटिएका लघुकथाहरूभित्र प्रवेशान्मुख छु।

नीरबहादुर याक्खाको कलाकृतिले भरिएको ‘शुभांशु’ को आवरणमा छरपस्ट भएका पुस्तकका असरल्ल तर सादा र रंगीन पानाहरू छन्। लाग्दछ त्यो असरल्लता जीवनको प्रतीक हो। झन्डै लघुकथाकार शुभ शर्मा जस्तै देखिने एउटा नारी आकृतिको स्केच छ र त्यसको मुन्तिर पुस्तकको शीर्षक ‘शुभांशु’ छ। कृतिकार शुभ शर्माको नाम अङ्कित छ। कृतिको पश्चभागमा लघुकथाकार शर्माको तस्बिर र सोमुनि लघु परिचय छ। आवरणकै भित्री पातामा आफूलाई जन्म दिने आमाबाबु तथा कर्मका आमाबाबु सासूससुरालाई कृति समर्पण गरिएको छ

चितवन, नेपालमा जन्मिएकी लघुकथाकार शुभ शर्मा ‘हाम्रो लघुकथा केन्द्र’ मा मीठाे तरीकाले लघुकथा वाचन  गरिरहेको सुखद परिवेश छ। कुशल वाचक भनेर चिनिएकी शुभ शर्माले आफ्ना जीवन भोगाइका असरल्ल अनुभूतिहरूलाई ‘शुभांशु’ लघुकथासंग्रहका रूपमा आकारीकरण गरेको देखिएको छ।

शशाङ्क बराल तथा संकल्प बरालले प्रकाशन गरेको सो पुस्तकमा ‘हाम्रो लघुकथा केन्द्र’ का अध्यक्ष तथा संस्थापक एडमिन लता केसीको ‘शुभेच्छा’ तथा खेमराज पोखरेलको ‘शुभ! ‘शुभांशु’लाई शुभकामना’ भन्ने शीर्षकबाट शुभकामना व्यक्त गरिएको छ। केन्द्रका एडमिन तथा प्रस्तुत कृतिका सम्पादक डा. शेखरकुमार श्रेष्ठको ‘शुभांशु लघुकथासंग्रहमा देखिएका आशाका किरणहरू’ शीर्षकमा कृतिको वस्तु तथा सार अन्तर्य खिपिएको भूमिका छ। यसैगरी ‘मेरो भनाइ’ शीर्षकमा कृतिकारले कृतिको रचनागर्भ तथा धन्यवाद प्रदान गरेका पानाहरू छन्।

लघुकथा लेखन विशिष्ट प्रकारको शिल्पमा आधारित हुन्छ। यद्यपि साहित्यका सबै विधाको आआफ्नै मापदण्ड हुन्छ। मापदण्ड तथा सीमाविहीन कुनै साहित्य हुन्न। तर, ती मापदण्डले सिर्जनामा नियन्त्रण गर्छ भन्नुचाहिं अर्घेल्याइँ हुन्छ। ती सीमा, मापदण्ड वा सिद्धान्त सबै सिर्जनाका सहयोगी हुन्। मापदण्डले आख्यानकै एक उपविधाबाट अर्को उपविधालाई छुट्याउँछ। लघुकथा, कथा तथा छोटाकथाका बिचमा फरक छुट्याउने नै त्यही मापदण्ड हो। त्यही सिद्धान्त हो।

लघुकथा लेखन विशिष्ट प्रकारको शिल्पमा आधारित हुन्छ। यद्यपि साहित्यका सबै विधाको आआफ्नै मापदण्ड हुन्छ। मापदण्ड तथा सीमाविहीन कुनै साहित्य हुन्न। तर, ती मापदण्डले सिर्जनामा नियन्त्रण गर्छ भन्नुचाहिं अर्घेल्याइँ हुन्छ।

लघुकथाका सन्दर्भमा हेर्दा कौतूहलपूर्ण, लघु र विषयसँग सम्बन्धित शीर्षक चयन हुनु जरुरी नै हुन्छ। शीर्षकले कौतूहलता खोल्यो वा लामो शीर्षक राखियो वा कथानकको थिमभन्दा बाहिर गएर शीर्षक राखिएको राम्रो मानिन्न लघुकथामा। त्यसैले कथानकसँग सम्बन्धित पनि हुने कौतूहलता पनि जोगिने याने शीर्षक हेरेर कथानकको आकलन गर्न नसकिने जस्ता शीर्षक राख्नु नै चुनौती हुन्छ लेखकलाई।

त्यसैगरी लघुकथाको उठान पनि विशेष प्रकारको हुन्छ। कथामा झैं परिवेशको निर्माण नगरी घटनाको बिचबाट आकस्मिक तथा कौतूहल तरीकाले लघुकथाको उठान हुनुपर्छ। लघुकथाको उठान भइसकेपछि संक्षिप्त तथा बक्ररेखीय तिब्र बहावमा कथानकको विकास हुनुपर्छ।

यसरी लघुकथालाई उत्कर्षमा चुस्त तरीकाले पु¥याएपछि हठात समापन गरिनुपर्छ। यसरी हठात समापन गरिंदा विपरीत भावसहितको प्रतिध्वन्यात्मकता आवश्यक पर्न जान्छ।

यही कडीमा राखेर हेर्दा ‘शुभांशु’ मा एकीकृत भएका लघुकथाहरूमा शीर्षक रखाइमा सचेतता अपनाइएको पाइन्छ। यो भन्नु लघुकथाको महत्त्वपूर्ण कुराको परिपूर्ति हो। उठानका सन्दर्भमा हेर्दा ‘शुभांशु’ का लघुकथाहरू छासमिसे छन्। कतिपय लघुकथाको उठानमा परम्परागत कथात्मक शैली अवलम्बन गरिएको छ। परिवेशको निर्माण गरी मात्र कथानक भन्न थालिएको छ  (व्रत २९), (पीडा ३१), (पछुतो ३३), (परिणाम ८८), (ईर्ष्या ८९), (प्रतिप्रश्न ९०)। ती लघुकथामा आकस्मिकता तथा कौतूहलता जब्बर छैन। सामान्य छ। तर, अधिकांश लघुकथामा भने आकस्मिकता र कौतूहलतालाई असाध्य ख्याल राखिएको छ (निशब्द ३७), श्रमिकको खुसी ३९) प्रिय मान्छे ४१) भरोसा ४२), नराम्रो मान्छे४४) (पश्चाताप ५९) (परिवन्द ८३), (झल्को ९१) (बुई ९४), लापर्बाही ११२)।

यसरी आकस्मिक उठान भएका लघुकथाका कारणले लघुकथाहरू सिद्धान्तपरक भएका छन्। सुन्दर र पढूँपढूँ लाग्ने भएका छन्।

यसैगरी लघुकथाको विकास तथा उत्कर्ष सरल छन्। विकास पक्ष संक्षिप्त छ। तर कतिपय लघुकथामा बक्ररेखीय तीव्र बहाव भने मत्थर छ। कथानकहरूलाई उत्कर्षमा पुर्‍याउन हरसम्भव प्रयत्न गरिएको छ।

लघुकथाको ज्यादै महत्त्वपूर्ण पक्ष भनेको समापन हो। समापन संवृत तथा विवृत दुवै हुन सक्छन्। याने खुला समापन वा बन्द समापन दुवै हुन सक्छ। तथापि लघुकथामा खुला समापनलाई राम्रो मानिन्छ। ‘शुभांशु’ मा सङगृहीत लघुकथाहरूका समापनहरू विविध खालका छन्। समापनमा विस्तार भएका लघुकथाहरू पनि छन् (व्रत २९), (पीडा ३१)। समापनमा विस्तार हुनु भनेको लघुकथा लेखनको बाधा हो। तथापि यी लघुकथाहरूमा समापनमा प्रतिध्यन्यात्मकता (निशब्द ३७) भएका लघुकथाहरू पनि छन्। विपरीत भावका आधारमा समापनमा कौशल देखाइएको पनि छ। तथापि धेरै लघुकथामा समापन वाक्यले लघुकथा टुङ्ग्याइएको छ।

‘शुभांशु’ का कतिपय लघुकथामा बिज वाक्यको निर्माण गरिएको छ। र, बिज वाक्यसहित लघुकथा समापन गरिएको छ। लघुकथामा बिज वाक्यको व्यवस्था गर्नु निकै शिल्पीय कार्य हो। गहन प्रतिभा अभ्यासका कारणले मात्र बिज वाक्यको निर्माण गराउन सकिन्छ। चुस्त बिज वाक्य लघुकथाको सवैभन्दा महत्त्वपूर्ण कडी हो। बिज वाक्यको उदाहरणका लागि ‘शुभांशु’ भित्र रहेका लघुकथा मध्ये ‘भार पृ. ४८’, ‘रोजगारी पृ ७९’ तथा ‘कमजोरी ८९’ लाई लिन सकिन्छ।

लघुकथाभित्र उल्लिखित ‘धर्तीमा झरेर रुन नपाउँदै सरकारको त्यत्रो ऋणको भार त हामी जुरुक्कै उठाउन सक्छौं भने यो सामान्य भार के हो र? (भार४८)’, ‘त्यतिबेला उनले हातमा बोकिरहेको इतिहास विषयमा भएको डिग्रीको प्रमाणपत्रले म स्वयंलाई गिज्याइरहेको थियो (रोजगारी ७९)’, ‘नेपाली दुई कलाकार एक अर्काको मतमतान्तरमै अलमल गरिरहे। यसैका कारण उनीहरूले काम समयमा गर्न सकेनन् (कमजोरी८१)’ आदि बिज वाक्य हुन्।

लघुकथाको ज्यादै महत्त्वपूर्ण पक्ष भनेको समापन हो। समापन संवृत तथा विवृत दुवै हुन सक्छन्। याने खुला समापन वा बन्द समापन दुवै हुन सक्छ। तथापि लघुकथामा खुला समापनलाई राम्रो मानिन्छ। ‘शुभांशु’ मा सङगृहीत लघुकथाहरूका समापनहरू विविध खालका छन्।

शुभ शर्माको ‘शुभांशु’ मा कृतिकार बाँचेको समयलाई टिपोट गरिएका कथानकहरू छन्। त्यसकारण सङ्ग्रहभित्र ईश्वरवादी, परम्परागत तथा आदर्शवादी (व्रत २९) लघुकथा छन्। कोरोनाकालमा लेखिएका हुनाले कतिपय लघुकथाले कोरोना कहरको मनोविज्ञान र परिवेशलाई उजागर गरेका छन् (पछुतो ३३), (त्रास५४), (कोरोना ७५)। लघुकथाका विषयवस्तुलाई पर्गेल्दै जाँदा धार्मिक आदर्श प्रचुर मात्रामा देखिन्छ। दुखीलाई बाँड्दाको आनन्द (ब्रह्मज्ञान ३४),अरुको शोषण नगर्नेहरूले नै देवत्व र अमरत्व प्राप्त गर्छन् भन्ने सन्देश (योग्य ४०) प्रवाह गरिएको छ। त्यसो त कुनै लघुकथामा वर्तमानको राजनीतिक आदर्शलाई ‘अब जे गर्छ त्यही झन्डाले गर्छ’(भरोसा ४३) भन्ने भरोसा गरिएको छ। यसैगरी राजनीतिक विषयका कथानकमा (निर्णय५७) तथा र्( ७२) पनि लघुकथा सृजित भएका छन्।

शुभ शर्माको ‘शुभांशु’ मा कृतिकार बाँचेको समयलाई टिपोट गरिएका कथानकहरू छन्। त्यसकारण सङ्ग्रहभित्र ईश्वरवादी, परम्परागत तथा आदर्शवादी (व्रत २९) लघुकथा छन्।

सङ्ग्रहभित्र आर्थिक कुराको महत्त्वलाई ‘खल्ती रित्तो भएपछि देश होस् वा परदेश दसैं उस्तै रहेछ’ भन्ने कुराको अनुभूति लेखिएको छ। अलग धारका लघुकथा (सचित्र ३६) पनि कृतिभित्र समावेश छन्। लघुकथाले समाजमा विद्यमान शाेषणका कुरा उठाएको छ। ‘आज यो मुढा चिरेर सक्नू। चामल राम्रोसँग केलाउनू। भोलि बिहान काममा आउँदा लिएर आउनू’ भनेर श्रमिक दिवसको छुट्टीका दिन पनि मजदुरलाई शोषण गर्ने साहुको चित्र (श्रमिकको खुसी ३९) लाई लघुकथाभित्र सुन्दर तरिकाले समावेश गरिएको छ। मजदुरको सोचनीय आर्थिक अवस्थालाई पनि दृष्टि दिइएको छ  (बाध्यता८७)।

स्वैरकल्पनाका लघुकथा (प्रयास४६), शालीन यौन मनोविज्ञानका कथानक (यात्रा, ५१ं), (रालो९५),बृद्ध मनोविज्ञानका लघुकथा (भत्ता५२), (दुरुस्त६१) पनि कृतिभित्र सजिएका छन्। राँडो ससूराको अवस्थालाई (घाँडो१११) बडो मजाले उजागर गरिएको छ । यसरी नेपाली समाजमा अवस्थित बृद्धबृद्धाका कहरलाई उजागर गरेर बृद्धसाहित्य लेखनमा पनि शुभको दृष्टि पुगेको छ।

सङ्ग्रहभित्र आर्थिक कुराको महत्त्वलाई ‘खल्ती रित्तो भएपछि देश होस् वा परदेश दसैं उस्तै रहेछ’ भन्ने कुराको अनुभूति लेखिएको छ। अलग धारका लघुकथा (सचित्र ३६) पनि कृतिभित्र समावेश छन्। लघुकथाले समाजमा विद्यमान शाेषणका कुरा उठाएको छ।

कृतिमा वैदेशिक रोजगारीमा जानुको सट्टा तरकारी खेती गर्नु नि (लगानी ५६) भन्ने सन्देश छ। पशुअधिकारको कुरा, पशुको पुरुष हत्या, मान्छेको महिला हत्या गरिने कुरामा विरोध तथा चरा भने स्वतन्त्र (स्वतन्त्रता ८२) रहने गरेको यथार्थ उल्लेख गरेर लघुकथा निर्माण गरिएको छ। डान्सबारको विसङ्गतिप्रति विरोध जनाइएको छ। छोरीलाई अर्ती दिने आमा नै डान्सबारमा समातिएको (समाचार ५८) समाचार लघुकथाले दिएको छ। राजनीतिक संरक्षणका कारणले मौलाउँदै गएको सुकुम्बासी समस्यालाई उजागर गरिएको छ (सुकुम्बासी८६)। समाजमा साइत हेर्ने प्रक्रियामाथि व्यंग्य गरिएको छ (संरक्षण १००)। धनले मात्र सुख हुन्न भन्ने सन्देश प्रवाह गरिएको छ-अभागी १०६)।

यसरी हेर्दा शुभको ‘शुभांशु’ मा समाजलाई विविध पाटोबाट हेरिएको छ र अनुभूति पस्किएको देखिन्छ। समाज खोतल्न सक्नु भनेको पनि लघुकथाकारको विलक्षण प्रतिभा हो। समाज खोतलेको मात्र होइन; समाजलाई जस्तो देखेको छ त्यस्तै इमानदारीपूर्वक लेख्नु पनि वैशिष्ट्य हो।

‘शुभांशु’ लघुकथासंग्रहलाई एक हरफमा भन्नु पर्यो भने नेपाली समाजको यथास्थितिमा आदर्शवादी चिन्तन बोकेको कथानक भनी विशेषता केलाउन सकिन्छ। त्यसैले लघुकथाका पात्रहरू मानी आएको सामाजिक परम्परा भत्काउने पक्षमा छैनन्। समाजलाई खल्बल्याउने पक्षमा छैनन्। लघुकथाहरू भित्र परम्परागत समाजको वर्तमानमा देखिने अवशेष भेट्न सकिन्छ। लघकथाहरूले आदर्शवादी सन्देश दिएका छन् ( प्रयास४६)। जीवनका प्रति आशावादी सन्देश दिएका छन्। त्यसकारण कृतिका अधिकांश पात्र असल चरित्रका छन्। सकारात्मक सोच बोक्छन् र विविध खाले सन्देश प्रवाह गर्छन्। आदर्श र सन्देश यो लघुकथासंग्रहका सुन्दरता भएका छन्।

यसरी हेर्दा शुभको ‘शुभांशु’ मा समाजलाई विविध पाटोबाट हेरिएको छ र अनुभूति पस्किएको देखिन्छ। समाज खोतल्न सक्नु भनेको पनि लघुकथाकारको विलक्षण प्रतिभा हो। समाज खोतलेको मात्र होइन; समाजलाई जस्तो देखेको छ त्यस्तै इमानदारीपूर्वक लेख्नु पनि वैशिष्ट्य हो।

बुनौटका हिसाबबाट विशेषता खोज्ने हो भने कतिपय लघुकथाहरू बिज वाक्यको निर्माण गर्न सफल छन्। कृतिकारको यो पहिलो कृतिमै यति सुन्दर प्रस्तुति तथा बिज वाक्यसहितको लघुकथा आउन सक्नु लघुकथावृत्तमा शुभ संकेत हो। लघुकथाको प्रस्तुतिमा शिल्प छ। लघुकथामा निकै स्तरीय विचार, भाव र वाक्य विन्यास देखिन्छ। ‘खल्ती रित्तो भएपछि देश होस् वा परदेश दसैं उस्तै रहेछ (सचित्र ३६), (हाम्रो देश कस्तो राम्रो है, बाबा? जताततै फोहोर फ्याँक्दा नि सरकारले जरिवाना तिराउँदैन (निशब्द ३७), आज यो मुढा चिरेर सक्नू, चामल राम्रोसँग केलाउनु। भोलि बिहान काममा आउँदा लिएर आउनू (श्रमिकको खुसी ३९), लगायत प्रयास, भरोसा, आवरण ७६,संरक्षण १०० जस्ता लघुकथाले प्रयोग गरेको भाषाको घनत्व निकै सुन्दर छन्। कृतिकारका भाषामा स्थानीयता तथा सरलता देखिनु अर्को विशेषता हो। नेपाली भाषाका ठेट शब्दको प्रयोग, ठेट सम्वादहरूको प्रयोग तथा कथानकमा आञ्चलिकता कृतिका विशेषताहरू हुन्। त्यसैले कृति सर्वबोधीय भएको छ।

यसैगरी उखानको प्रयोग गर्ने जीवन बाँच्नका लागि व्यावहारिक ज्ञानको प्रकटीकरण गर्ने जीवनवादी लघुकथा पनि कृतिभित्र समेटिएका छन्। यो भनेको कृतिको अर्को विशेषता हो।

वास्तवमा लघुकथाको मूल प्रयोजन भनेको नेपाली समाजको बुनौटको आदर्शलाई संरक्षणहेतुको विचार प्रकटीकरण हो। वर्तमानको भौतिकवाद तथा आधुनिकताले सिर्जिएको व्यक्तिवादले स्खलित भइरहेको वर्तमान नेपाली समाजको परिवारलाई जोगाउनुपर्ने आह्वान कथानकमा भेटिन्छन्।

वास्तवमा समाजको बुनौट भत्क्यो र नयाँमा पुग्न सकिएन भने अनेक मनोवैज्ञानिक समस्याहरू आउँछन्। जसले मान्छेको जीवन तहसनहस बनाइदिन्छ। वर्तमान नेपाली समाज परम्परागत आदर्शको कठघराबाट बाहिर निस्केर हिंड्न प्रयत्न गरिरहेको छ। कहाँ पुग्ने हो सोबारे हेक्का छैन।

यस्तो अवस्थामा कृतिकार आफैं परिवेशीय भुक्तभोगी तथा विपर्यास जीवनलाई थेगेको स्रष्टा भएका र नारी पनि भएकाले समाजका आदर्शलाई जोगाउन प्रयत्नरत भएको देखिन्छ। त्यसैले नारीको सहनशीलता र क्षमाशील व्यवहार लघुकथामा आउनु स्वाभाविक हो। लघुकथाभित्र लोग्नेले गरेको अपमानप्रति पनि क्षमा दिन सक्षम महिलाको आदर्श चित्र छ। संग्रहको यो पनि एउटा विशेषता हो।

वास्तवमा समाजको बुनौट भत्क्यो र नयाँमा पुग्न सकिएन भने अनेक मनोवैज्ञानिक समस्याहरू आउँछन्। जसले मान्छेको जीवन तहसनहस बनाइदिन्छ। वर्तमान नेपाली समाज परम्परागत आदर्शको कठघराबाट बाहिर निस्केर हिंड्न प्रयत्न गरिरहेको छ। कहाँ पुग्ने हो सोबारे हेक्का छैन।

लघुकथाकार शुभ शर्माले स्वैरकल्पनामा पनि लघुकथा लेख्ने प्रयत्न गरेको देखिन्छ। यद्यपि स्वैरकल्पनामा लघुकथा लेख्नु भनेको एकदम चुनौति हो। स्वैरकल्पनाबाट पनि लघुकथाकारले भोगेको जीवनको बिम्ब दिन्छ। त्यसैले लघुकथासंग्रह विविधता तथा विशेषताले सुसज्जित छ।  

लघुकथाकार शुभले एकदम थोरै रूपमा यौन विषय पनि लेख्न प्रयास गरेको देखिन्छ । ‘पूजाको घन्टी हातमा लिएर भाउजू चर्को स्वरमा कराउँदै हुनुहुन्थ्यो, घण्टीको रालो कसले कता पुर्यायो होला? अब कहाँ खोज्नु होला? रालोबिनाको यो घण्टी, अब के काम? (रालो ९५)’ वाक्यले यौन विषय अथ्र्याउन प्रयत्न गरेको छ। घण्टीलाई महिलाङ्ग तथा रालोलाई पुरुषाङ्गका रूपमा साहित्यमा चित्रण गरेर यौन साहित्य लेखिने नेपालको पुरानै चलन हो। यही धारमा लघुकथाकार शुभले पनि सुस्त रूपमा रालोको प्रसङ्ग उठाएर यौनचेत अभिव्यक्त गरेको देखिन्छ। यो भनेको कथानकको विविधतामा सुन्दर पक्ष हो। सारमा भन्दा आदर्शवादी सन्देश सौन्दर्य लघुकथाको प्रधान विशेषता हो।

लघुकथाकार शुभ शर्माले स्वैरकल्पनामा पनि लघुकथा लेख्ने प्रयत्न गरेको देखिन्छ। यद्यपि स्वैरकल्पनामा लघुकथा लेख्नु भनेको एकदम चुनौति हो। स्वैरकल्पनाबाट पनि लघुकथाकारले भोगेको जीवनको बिम्ब दिन्छ। त्यसैले लघुकथासंग्रह विविधता तथा विशेषताले सुसज्जित छ।

प्रायः स्रष्टाका लागि स्तुति नै रञ्जक क्षण हो। किनभने स्तरीयता तथा सुन्दरताको पनि कुनै जेनिथ हुँदैन। ज्ञानको पनि कुनै सीमा हुन्न। अनुभूतिको पनि कुनै आलीधुर हुन्न। स्रष्टाकै अनुभूति पनि निजत्वको कुरा हो। त्यो सर्वमान्य हुन पनि सक्दैन। हुनु पनि हुँदैन। पाठकको चेतीय धरातलबाट उब्जेकै विचार पनि जेनिथ होइन। सार्वभौम होइन। यही स्रष्टाको रञ्जक चाहना तथा पाठकको असन्तोषी जिजीविषाका चेपबाट मेरो निजी पाठक्यौली पस्कँदा पर्ने विपर्यासका लागि थाप्लो थाप्नुबाहेक मसँग अर्को विकल्प पनि छैन। किनकि राडीमा सातु मुछिसकेको छु, अब घिनाउनु वा डराउनुको पनि केही अर्थ छैन। किनभने स्रष्टामा अपरिवर्तनीय चेष्टा छ भने पनि पाठकले कृतिबाट अझ धेरै खुराकको आस गर्छ नै। त्यो कुरा पाठकको सार्वभौम अधिकार पनि हो।

हो यही पृष्टभूमिमा मैले विशिष्ट साहित्यकार स्व. मनु ब्राजाकीलाई सम्झें। उनले आफ्ना अत्यन्त अभिन्न मित्र कुमुद देवकोटाबारे लेखेको, ‘म आलोचना माग्छु, ऊ प्रशंसा पस्कन्छ। म मौन बस्छु’ भन्ने वाक्यलाई सम्झिरहेको छु। त्यसकारण एउटा पाठक भएका नाताको सार्वभौम अधिकार प्रयोग गरी कृतिभित्र म आफ्नो उपस्थिति जनाउँछु। मलाई लाग्छ गुणको प्रशंसाले स्रष्टालाई उत्साही बनाउँछ भने अधिक प्रशंसा भनेको स्रष्टाशिल्पको मृत्यु पनि हो।

यो कृतिमा समेटिएका ६२ लघुकथाको प्रवृत्तिलाई पढ्दा एक वाक्यमा भन्ने हो भने यो सङ्ग्रहका अधिकांश लघुकथा आदर्शवादी छन्। तर, कस्तो आदर्शवादी? परम्परावादी आदर्शवादी कि यथास्थितिवादी आदर्श? प्रगतिशील आदर्श कि क्रान्तिकारी आदर्श? किनभने आदर्शवाद प्रायः पाठकलाई मनपर्ने विषय हो।

यो कृतिमा भएका लघुकथाहरूको धार वर्तमानमा भोगिरहेको यथास्थितिवादी आदर्शबाट निसृत छन्। निर्देशित छन्। परम्परावाद र प्रचलनवादलाई सिरानेमा राखेर सिर्जित भएका छन्। यथास्थितिवादी आदर्शवादले समाजमा भने कुनै परिवर्तन ल्याउँदैन। तथापि यथास्थितिवादी आदर्शवादी रचना गर्न कुनै झमेला वा रिस्क भने हुन्न। कठमूल्ला समाजले यस्तो आदर्शलाई सुन्दर ठान्छ। वर्तमानमा बाँचेको समाजको खुबै डर छ लघुकथाका पात्रहरूलाई। त्यसो भएकाले सकभर विद्रोह, अग्रगम्यता छैनन्। छ भने पनि अत्यन्त शालीन छन्। धिमा छन्। विद्रोहका लागि पात्रको इच्छा भए पनि कृत्यमा ती इच्छा सुषुप्त छन्।

यो कृतिमा भएका लघुकथाहरूको धार वर्तमानमा भोगिरहेको यथास्थितिवादी आदर्शबाट निसृत छन्। निर्देशित छन्। परम्परावाद र प्रचलनवादलाई सिरानेमा राखेर सिर्जित भएका छन्। यथास्थितिवादी आदर्शवादले समाजमा भने कुनै परिवर्तन ल्याउँदैन। तथापि यथास्थितिवादी आदर्शवादी रचना गर्न कुनै झमेला वा रिस्क भने हुन्न।

कृतिभरि महिलाले गरेको त्याग,बलिदान,समाजका अन्धविश्वास, धार्मिक अन्धभक्ति, आदर्शवादी आडम्बर तथा समाजका प्रचलनप्रधान छन् लघुकथा। यथास्थितिलाई क्रमभंग गर्न सकिएको छैन।

लघुकथाभरि पात्रहरूका जिन्दगीको भोगाइ छ। जिन्दगीका प्रति सोचाइ छैन। जीवनको पढाइ देखिंदैन। पात्रहरूले समाजमा अग्रगम्यताका अनेक कुरा सुनेको हुनुपर्ने हो। तर, त्यस्ता खाले सुनाइलाई पनि नजरअन्दाज गरिएको छ। जिन्दगीमा आफूले भोगेको विषयलाई जेनिथ ठानिएको छ। तर मान्छेको जीवनको समग्रतामा चिन्तनमननको अभाव छ। पात्रले आफ्नै चेत शक्तिलाई पनि समाजका साङ्लाले बाँधेको जस्तो देखिन्छ। यहाँनजिक साहित्य सिर्जना गरिरहेका स्रष्टाका नाममा एउटा प्रश्न उब्जन्छ कि स्रष्टाले समाजमा देखेका, भोगेका यथार्थ कहर मात्र लेख्ने कि स्रष्टाले सोचेको समाजको सूत्र पनि बताउने? स्रष्टा ती समस्याबाट कस्तो मुक्ति चाहन्छ? त्यो कुरा आफ्ना सिर्जनामा आउने कि नआउने?

कृतिभरि महिलाले गरेको त्याग,बलिदान,समाजका अन्धविश्वास, धार्मिक अन्धभक्ति, आदर्शवादी आडम्बर तथा समाजका प्रचलनप्रधान छन् लघुकथा।

परम्परागत थिममा लेखिएकाले लघुकथाका पात्रहरू भन्छन्, ‘कहिल्यै कर्तव्यच्यूत नहुनू छोरी (आशीर्वाद ६०)’ कर्तव्यच्यूत नहुनू भनेको के हो? के छोरीलाई मात्र कर्तव्यच्यूतको अपगालले बेरिरहने हो र? त्यसकारण वैचारिक खुराक पाक्न पाएको छैन। कथानकमा विस्तार (कुण्ठा६२) छ। पश्चगामी कथानक पनि छन्। उदाहरणका लागि लोग्ने कुटिरहेको छ स्वास्नीले भने चट्टान जस्तै सहेकी छे र आस गर्छे कि पहरो पनि रसाउँछ एक दिन (चट्टान ६८)। छिःलोग्ने भएर नि किन स्वास्नीको खुट्टा छोएको? नछुनू न (परिवन्द ८४), ‘जसले जे भने पनि वचन नलगाउनू छोरी’ भन्ने मातृवाणी (आडभरोसा ९३) जस्ता परम्परावादी दृष्टिकोण लघुकथाभरि छन्। जसले समाजलाई अगाडि बढ्नबाट रोक्छन्।

कृतिमाथि डा. शेखरकुमार श्रेष्ठको भूमिका छ। वास्तवमा डा. शेखर कुमार श्रेष्ठको भूमिका नै यति गजबको छ कि त्यो पढेपछि पुस्तकको सार त्यहीं भेटिन्छ। मेरा मनमा आफैं प्रश्न उठिरहेको छ, त्यसरी कृतिको गुदी र गेडा सबै भूमिकामा आउँदा कृतिको अवस्थाचाहिं के हुने होला? भूमिका लेखिरहेका विद्वत्त व्यक्तिले यो कुरा सोच्ने कि नसोच्ने भन्ने जिज्ञाशा पनि मेरा मनमा आएको छ।

अब तुर्न हतारोमा छु। यद्यपि लेखक भन्नु र उसको निजी जीवन भन्नु दुई अलगअलग कुरा हुन्। तथापि साधारण पाठकले लेखकलाई लेखनीका पात्रमा रूपान्तरण गरेर हेर्ने गर्दछन्। लेखकले आफूले भोगेका कुरा मात्र लेख्दैन। लेखकले आफूले सोचेका, देखेका, पढेका तथा ती बक्र भोगाइहरूको सुन्दर समाधान पनि खोज्छ। यसो भएकाले लेखकको निजी व्यक्तित्व र लेखनीको व्यक्तित्व एकै होइन। तर पनि दुवै व्यक्तित्व एकै हुन सक्यो भने त सुनमाथि सुगन्ध भइहाल्यो नि।

लेखकले समाजबाट टिपेर लेख्ने हो। तर, समाज भन्नु व्यापक र अआकारीय वस्तु हो। एउटै गाउँमा अनेकन समाज हुन्छन्। अनेकन चेतका समाज हुन्छन्। समाज भन्नु परम्परावादी, यथास्थितिवादी, प्रगतिवादी तथा क्रान्तिवादीहरूको क्रीडास्थल हो। समाजमा यी चारै तत्त्व कुदिरहेका हुन्छन्। तिनको अस्तित्व समाजमा हुन्छ। खाली प्रश्न उठ्छ कि लेखकले कुन समाज लेख्ने? तथापि कुन समाजलाई आदर्श मान्ने भन्ने कुरा लेखकको निजत्व हो।

लेखकले आफूले भोगेका कुरा मात्र लेख्दैन। लेखकले आफूले सोचेका, देखेका, पढेका तथा ती बक्र भोगाइहरूको सुन्दर समाधान पनि खोज्छ। यसो भएकाले लेखकको निजी व्यक्तित्व र लेखनीको व्यक्तित्व एकै होइन। तर पनि दुवै व्यक्तित्व एकै हुन सक्यो भने त सुनमाथि सुगन्ध भइहाल्यो नि।

माथि धेरै प्रसङ्गमा भनियो कि ‘शुभांशु’ भित्र धेरै सामाजिक खुराक छन्। ती खुराक सुन्दर तथा शालीन अभिप्रायका साथ आएका छन्। लघुकथाकार शुभको आशय समाजको कल्याण तथा प्रस्तुतिमा इमानदारी पनि हो। बोधगम्यता पनि हो। कृति पढ्दा यस्तै देखिन्छ। कृतिभित्र धेरै यस्ता लघुकथाहरू छन् जसले लघुकथाको वर्तमानले बनाउँदै गरेको मानकलाई शतप्रतिशत पछ्याएका छन्। केही लघुकथा त लघुकथाकार शुभ शर्माको आफ्नै लागि त्यत्तिको लघुकथा लेख्नु चुनौती नै हो।

जीवनका जस्केलाबाट अर्को जखमले काम अगाडि आएको छ। यो काम भनेको बाँचिरहेको छु भन्ने विशिष्ट बहाना हो। यही बहानाको अन्तर्यका लागि अहिले छुट्टिनु छ शुभ। आगे हाम्रा साझे दलानहरूमा भेट हुन सक्छ भन्ने ठानेको छु। शुभ! अब अर्को गजधम्मे कृति लिएर चौतारीबाट चिच्याउनू, म कृतिभित्र चियाएर तिमीलाई चर्को लाग्ने गरी चिच्याउँला। शुभकामना। 

प्रकाशित: १७ जेष्ठ २०८० ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App