५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

गजल मुशायरा तथा ‘अंकमाल’ लोकार्पण

नेपाल गजल प्रतिष्ठानले गजल मुशायरा एवं ‘अंकमाल’ लोकार्पण गरेको छ। प्रतिष्ठानले शनिबार राष्ट्रिय नाचघर, जमलमा गजल मुशायरा एवं ‘अंकमाल’ लोकार्पण गरेको हाे।

कार्यक्रममा गजल विधाका अथक साधकत्रय आवाज शर्मा, डा. प्रदीपकुमार मैनाली र शान्ति शर्माले आफ्ना ५/५ र नवोदित युवा गजल साधक विनोद बिम्वित, आर्य आयुषा र परिविक्रमका १/१ गजल तहत र तरन्नुम शैलीमा सुमधुर तवरले प्रस्तुत गरेका थिए।

नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाली गीत, संगीत एवं काव्य विधाका मूर्धन्य व्यक्तित्वहरू, विविध संस्थाका प्रतिनिधिहरू, पत्रकार लगायत गजलप्रेमीहरू गरी २ सय जतिको उपस्थिति रहेको थियो।

प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ, आवाज शर्मा, डा. प्रदीपकुमार मैनाली र शान्ति शर्माले गजलकार परिविक्रमको गजलसंग्रह अंकमालको लोकार्पण गरेका  थिए।

सो कार्यक्रममा गजल साधक एवं समीक्षक भुवन निश्तेजले २० ओटा मतला, ६० ओटा फर्द र ८० ओटा गजल सङगृहीत अंकमालका गजलहरूको समीक्षा गरेका थिए।

पुस्तक विमोचन र गजल वाचन गरी दुई खण्डमा भएको साे कार्यक्रमको पहिलो खण्ड गजलकार आँचलकुमार शर्मा र दोस्रो खण्डको सहजीकरण पूर्व प्राज्ञ धीरेन्द्र प्रेमर्षिले गरेका थिए।

कार्यक्रममा ९ गजलकारको एकएक ओटा मतला कार्यक्रम संयोजक प्रेमर्षिद्वारा प्रस्तुत गरिएका थिए।

युवा गजल साधक विनोद बिम्वितको प्रविधि र आँचलकुमार शर्माले संयोजन गरेको यस कार्यक्रमका परिकल्पनाकार प्रतिष्ठानका सचिव गजलकार अनजान यात्री थिए।  

प्रकाशित: १४ जेष्ठ २०८० ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App