coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सन्दिग्ध समयमाथि प्रश्न

पुस्तक

भनिन्छ अभिव्यक्तिहरू कि मस्तिष्क कि हृदयसँग जोडिएका हुन्छन्। मस्तिष्क वा बुद्धि पक्षका अभिव्यक्तिहरू वस्तुनिष्ठ र हृदयसँग जोडिएका आत्मपरक हुन्छन्। साहित्यिक अभिव्यक्तिका यी दुई माध्यममध्ये आत्मपरकताले भरिएको सिर्जनात्मक अभिव्यक्तिले विषयसँग सम्बन्धित निजी अनुभूतिलाई शब्दद्वारा व्यक्त गरेको हुन्छ। यस्तै निजी अनुभूतिलाई शब्दद्वारा अभिव्यक्ति दिने नेपाली साहित्यका सक्रिय साहित्यकार श्रीबाबु कार्कीले ल्याएका छन् निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’।

विभिन्न साहित्यिक विधामा कलम चलाइरहेका कार्कीको यो प्रथम निबन्धसंग्रह हो। निबन्ध लेखनमा आत्मपरक अभिव्यक्तिको विशेष अर्थ रहन्छ। यस अर्थमा यस संग्रहमा कार्कीले आफैंलाई निबन्धको विषय बनाएका छन्। प्रस्तुत संग्रहमा आफ्ना आत्माभिव्यक्तिको आधार र वस्तुगत चिन्तनलाई निबन्ध बनाएर प्रस्तुत गरेका छन्। निबन्ध पढिरहँदा लाग्छ यी मेरा नै जीवनीय अनुभूति हुन्।

विभिन्न साहित्यिक विधामा कलम चलाइरहेका कार्कीको यो प्रथम निबन्धसंग्रह हो। निबन्ध लेखनमा आत्मपरक अभिव्यक्तिको विशेष अर्थ रहन्छ। यस अर्थमा यस संग्रहमा कार्कीले आफैंलाई निबन्धको विषय बनाएका छन्।

‘सन्दिग्ध शताब्दी’मा पन्ध्रवटा निबन्धहरू सङ्गृहीत छन्। प्रायः निबन्ध जीवनका उतारचढावका अनुभूतिले प्रेरित छन्। दुःखसुख, उत्साह या वैराग, जीवनका दायाँबायाँ सम्बन्ध, सोच, अनुभूति र चिन्तनले निबन्धलाई निजात्मक बनाएका छन्। ‘ढुंगा पो भएछु अचेल’ मा ढुंगाको विपरीतार्थ जीवनलाई कोमल बनाउन चाहन्छन्। ‘जीवनको पाश्र्वमा मृत्युभय’ निबन्धमा शाश्वत सत्य तर भय बोकेको मृत्यु चिन्तन छ। ‘जीवन एक जुलुङ्गो अनेक’ मा जीवन अनेकन विषयवस्तुको समष्टिगत अस्तित्वमा रहेको हुन्छ, त्यसैले सार्थक बनाउनुपर्ने अभिव्यक्ति पाइन्छ।

‘यात्रा जीवनको सौदर्य’ मा जीवन भन्नु नै यात्रा हो भन्ने कुरा व्यक्त गरिएको छ। यस्तै प्रिय गाउँ, हृदयमा बयली खेल्दै असार, प्रेम, भोक, नियतिको आकस्मिकता आदि निबन्धहरू जीवनका अन्तरंगले रंगिएका छन्, अनुभूतिपश्चात् गरिएका वैचारोक्तिमा छन्, विश्लेषणमा छन्। प्रकृतिसँगको साक्षात्कारपछि पोखिएका उद्गारहरू छन्। रिस, नाक, सन्दिग्ध शताब्दी आदि निबन्धहरू जगत्का बाह्य विषयवस्तु तर आन्तरिक अभिव्यक्तिमा उभिएका निबन्ध हुन्।

‘रिस’ निबन्धमा रिसको परिचय, वर्गीकरण, रिसको परिणाम आदिको वर्णन छ। ‘नाक’ निबन्धमा नाकको महिमा र महत्वलाई बिम्बात्मक रूपमा प्रस्तुत गरिएको छ। ‘सन्दिग्ध शताब्दी’ निबन्ध यस संग्रहको शीर्षकीय निबन्ध हो जसले वर्तमानको विसंगति र विकृतिका सन्दिग्धतालाई व्यक्त गरेको छ।

‘यात्रा जीवनको सौदर्य’ मा जीवन भन्नु नै यात्रा हो भन्ने कुरा व्यक्त गरिएको छ। यस्तै प्रिय गाउँ, हृदयमा बयली खेल्दै असार, प्रेम, भोक, नियतिको आकस्मिकता आदि निबन्धहरू जीवनका अन्तरंगले रंगिएका छन्, अनुभूतिपश्चात् गरिएका वैचारोक्तिमा छन्, विश्लेषणमा छन्।

कार्कीका निबन्धहरू स्वयं लेखक कै वरपर घुमेका छन्। कहीं स्मृति समाएर, कही कल्पना रमाएर, कहीं यथार्थमा ठोक्किएर, विचार दिँदै आफैंलाई प्रश्न गर्दै आफैं उत्तर खोज्दै, कहीं सरल कहीं क्लिष्ट।

कार्की आफैंले भोगेको भौतिक जीवन, जीवन र यात्रा, जीवन र जीजिविषा, अनुभूति र कल्पनाको द्वन्द्वात्मक सम्बन्धमा स्वयं आफैं उपस्थित रहेर बोलिरहेका छन् निबन्धभरि नै। जीवन भौतिक परिस्थितिको प्रतिच्छाया हो। यिनै परिस्थिति जब काव्यात्मक अनुभूति बन्छन्, तब ओर्लन्छन् विविध विधा भएर।

यस्तै भौतिक परिस्थितिको प्रतिच्छायालाई विचार, संवेदना र यथार्थको सन्तुलित लयमा मिलाएर ‘सन्दिग्ध शताब्दी’ को प्रारूप तयार पारिएको छ। ‘सन्दिग्ध शताब्दी’ भित्रका निबन्धले जीवनका हार्दिकता, जीवनका यथार्थ, केही समसामयिक अनुभूतिलाई कलात्मक लेखनीको कुशलता दिएका छन्।

कार्कीका निबन्धहरू स्वयं लेखक कै वरपर घुमेका छन्। कहीं स्मृति समाएर, कही कल्पना रमाएर, कहीं यथार्थमा ठोक्किएर, विचार दिँदै आफैंलाई प्रश्न गर्दै आफैं उत्तर खोज्दै, कहीं सरल कहीं क्लिष्ट।

जीवन छोएर बगेका विभिन्न विषयलाई टिपेर आत्मपरक शैलीमा लेखिएको यो निबन्धसंग्रह यौटा ओजस्वी कृति हो। निबन्धभरि नै लेखकका उच्छवासले पाठकलाई कहिले शीतल कहिले गर्मी, कहिले चिन्तक कहिले भोक्ता बनाएर घोरिइरहन बाध्य पार्छन्।

सन्दिग्ध शताब्दीका समग्र निबन्धमा जीवन र प्रकृतिचित्रण छ। जीवन, प्रकृति र सौन्दर्यको त्रिवेणीमा भावनात्मक, विचारात्मक, अनुभूतिजन्य छालहरूको प्रवाहमा निबन्ध बगेका छन्। जीवनसँग सम्बन्धित धेरै निबन्ध भएकाले विषय यौटै हुन् कि जस्तो पनि लाग्छ।

जीवन छोएर बगेका विभिन्न विषयलाई टिपेर आत्मपरक शैलीमा लेखिएको यो निबन्धसंग्रह यौटा ओजस्वी कृति हो। निबन्धभरि नै लेखकका उच्छवासले पाठकलाई कहिले शीतल कहिले गर्मी, कहिले चिन्तक कहिले भोक्ता बनाएर घोरिइरहन बाध्य पार्छन्।

कहींकहीं पुनरुक्ति पाइन्छ र पनि संगतिपूर्ण लाग्छन्। कलात्मक प्रस्तुति, कवितात्मक शैली, सरल वाक्य गठन, प्रवाहमय अभिव्यक्ति आदि निबन्धात्मक विशेषताले कृति पठनीय र मननीय बनेको छ। निबन्धहरूमा विचारको सघनता र हृदयको हार्दिकताको समन्वय छ। विषयवस्तुको गहिराइमा चिन्तन र भाषिक कलात्मकताको संयोजनले कृति ओजिलो बनेको छ। 

प्रकाशित: १३ जेष्ठ २०८० ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App