८ वैशाख २०८१ शनिबार
कला

एमआरआई आविष्कारकको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ प्रकाशित

एमआरआई मेसिनको आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ कथालयले प्रकाशनमा ल्याएको छ। विमलकुमार सुवेदीद्वारा अनूदित पुस्तकको सम्पादन भिक्टर प्रधानले गरेका हुन्। यसमा थोमस शाहिन्यानका चित्र छन्।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो। जसको अंग्रेजी शीर्षक ‘The Magic Window’ छ। यसका मूल लेखक न्यून टोरोस्यान हुन्।

कुशाग्र बुद्धिका रेमोन्ड न्युयोर्कमा जन्मिएका हुन्। गणितप्रति उनको रुचि कसरी बढ्यो, कसरी भायोलिन बजाउन सिके,अर्मेनियाली परिवारमा जन्मिएका उनी कसरी जाति हिंसाबाट बचेका थिए र किन वायुसेवामा समेत सामेल भए? यस्ता जिज्ञासाको जवाफ यो संक्षिप्त बालजीवनीमा पाइन्छ।

प्रकाशित: ११ जेष्ठ २०८० ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App