१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

चलचित्र ‘उस्ताद जी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘उस्ताद जी’ को ट्रेलर सार्वजनिक गरिएको छ। एरेन्जर राजु खड्काको सांगीतिक यात्राले पच्चीसौं वसन्त पार गरेको अवसरमा गरिएको कार्यक्रममा कला क्षेत्रका विभिन्न स्रष्टालाई सम्मान गरिएको हो।

रेशराज प्रोडक्सन प्रालिको आयोजनामा गरिएको ‘संगीतसँग यात्रा’ नाम दिइएको कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौलाले कला स्रष्टाहरूलाई सम्मान गरेका हुन्।

सम्मानित हुने कलाकारमा ज्ञानु राणा, लाक्पा शेर्पा, दीपरत्न तुलाधर, नवल  खड्का, मीनसागर लामा, आभाष फुयाँल, पवनवाङ लामा, भरत बुढाथोकी, दुर्गा लामा, पञ्चमान तामाङ (शैलाब वाइबा), उत्सव सुब्बा लामा र मरिचमान तामाङहरू रहेका छन्।

प्रकाशित: १० जेष्ठ २०८० ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App